
काठमाडौं । साफ च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ । नेपाल र भारतबीच उपाधिको लागि आज फाइनल खेल हुन लागेको हो । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीमाथि प्रतिबन्ध लगाएको छ ।
साफले नेपाली प्रशिक्षक अब्दुल्लाहमाथि हुँदै नभएको निमय लगाएर प्रतिबन्ध लगाएको छ । साफले भारतीय भारतीय टोलीका प्रशिक्षक इगोर स्टिम्याक भने स्वतः आजको खेलमा टच लाइनमा नहुने भएकै कारण नेपाली मुख्य प्रशिक्षकमाथि प्रतिबन्ध लगाइएको आरोप नेपाली खेलाडीको छ । प्रतियोगिता नियमावलीमा खेलाडीबाहेक अन्य अफिसिलयको हकमा दुई फरक खेलमा पहेँलोका कार्ड पाउँदा प्रतिबन्ध हुने उल्लेख छैन । तर, नेपाली मुख्य प्रशिक्षकमाथि टच लाइनमा जान प्रतिबन्ध लगाइएको छ ।
नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाहले भारतीय प्रशिक्षक नभएको आफूलाई पनि बाहिर राख्न खोजिएको बताए । उनले साफले आफैले बनाएको नियम नमानेर आफूलाई बाहिरै राखेको बताए । ‘यदि आफैँले नियम बनाएर नमान्ने हो भने नियम किन बनाउने ? उनीहरु मसँग रिसाएका हुन सक्छन्’ भर्चुअल पत्रकार सम्मलेनमा अब्दुल्लाहले भने । उनले नेपालको रिजल्टबाट उनीहरु खुशी नभएको पनि बताए । आफू र नेपालमाथि अन्याय भएको भन्दै अब्दुल्लाहले चुप लागेर नबस्ने बताउँदै अदालत र फिपा र एएफसीमा निवेदन दिने समेत बताए ।
प्रतियोगिताको १३औं संस्करणमा प्रशिक्षक अब्दुल्लाहले नेपाललाई इतिहासमै पहिलो पटक फाइनलमा पुर्र्याएका छन् । र शनिबार राति पौने ९ बजे नेपालले निकटतम प्रतिद्वन्दी भारतसँग उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।
अब्दुल्लाले नेपाली टोलीले नतिजाका लागि फाइट गर्ने बताउँदै साफ पदाधिकारीलाई नेपालले नजितोस् भन्ने लागेको आफूलाई महसुस भइरहेको बताए । प्रशिक्षक अब्दुल्लाहले फुटबल खेल फिल्डमा हुनुपर्ने र बाहिर विभिन्न तनाव दिएर खेलिनु नहुने बताए ।
भारतीय प्रशिक्षक रिसायो भनेर नेपालको प्रशिक्षकलाई पनिस गर्ने ? भन्दै अब्दुल्लाहले बंगलादेशविरुद्धको खेलपछि बंगलादेशीले रेफ्रीमाथि आक्रमण गरेको तर भारतलाई जिताउनकै लागि नेपाली मुख्य प्रशिक्षकलाई पनि सजाय दिएको बताए ।
पत्रकार सम्मेलनमा अब्दुल्लाहले आफूलाई रंगशालामा नै नआउन भनेको र त्यो हदैसम्मको अन्याय भएको भन्दै भने, ‘रंगशालामै नआइज भनेको छ । उनीहरुले मलाई कसरी रंगशला प्रवेशमा रोक्न सक्छन् ?,’ अब्दुल्लाहले सोधे, ‘यदि बंगलादेश र भारतका खेलाडीहरू आएर डगआउट भन्दा अगाडि भन्दैनन् भने मलाई कसरी रोक्न सक्छन् ?’