आज :

आज दशैंको अन्तिम दिन अर्थात विजया दशमीः टीकाको उत्तम साइत १० बजेर २ मिनेटमा

काठमाडौँ । आज दशैंको अन्तिम दिन अर्थात विजया दशमी । आज टीका, जमरा लगाएर आर्शिवाद लिने गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार टीकाको उत्तम साइत १० बजेर दुई मिनेटमा रहेको छ ।

टीकाको साइत १० बजे भएपनि आज दिनभर नै टीका ग्रहण गर्न मिल्ने समितिले जनाएको छ । टीका लगाउने मानिस पूर्व फर्कनुपर्ने समितिले जनाएको छ । आज मान्यजन, अग्रज र आफूभन्दा ठूला व्यक्तिबाट दुर्गा भवानीको प्रसादको रुपमा टीका र जमरा लगाउने र आशीर्वाद लिने चलन छ ।

आजदेखि पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाइन्छ । जमराले विभिन्न रोगव्याधिमा औषधिको रुपमा काम गर्ने तथ्य वैज्ञानिक रुपमा समेत पुष्टि भइसकेको छ ।

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजय प्राप्तीको प्रतीकका रुपमा मनाइने विजयादशमी दशैँको महत्त्वपूर्ण दिन हो । यस्तै आज बिहान ७ बजेर एक मिनेटमा तुलजा भवानीलाई मूल चोकबाट मूल मन्दिरमा फिर्ती यात्रा गराउने साइत छ । तुलजा भवानीलाई बिहान ८ बजेर ३२ मिनेटमा स्थिरासन गराइने साइत रहेको समितिले जनाएको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal