आज :

मन्त्री अथकले मुगु बस दुर्घटनाका घाइतेलाई भेटे, उपचारको जिम्मा सरकारले लिने जानकारी

बाँके । नवनियुक्त युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’ ले मुगु बस दुर्घटनाका घाइतेहरुको स्वास्थ्य अवस्थाको जानकारी दिएका छन् । मन्त्री अथकले बुधबार अस्पतालमै पुगेर घाइते र उपचारको अवस्थाबारे लिएका छन् ।

मन्त्री अथकले भेटमा घाइतेहरुको सम्पूर्ण उपचारको जिम्मा सरकारले लिएको जानकारी गराउँदै चिन्ता नलिन आवश्वास दिए । घाइतेका आफन्तसँग मन्त्रीले भने, “यो घटनाले सरकारलाई स्तब्ध बनाएको छ, घाइतेहरुको सम्पूर्ण उपचारको जिम्मा सरकार लिन्छ । तपाईँहरु कुनै चिन्ता नलिनुस्, म सरकारको तर्फबाट यहाँ पुगेको हुँ ।”

नेकपा (माओवादी केन्द्र) को तर्फबाट युवा तथा खेलकुद मन्त्रालयको जिम्मा समालेका अथक घाइतेहरुलाई भेट्न काठमाडौंबाट बाँके पुगेका हुन् ।

त्यसैगरी मन्त्री अथकले उपचारमा कुनै कमी नगर्न अस्पताल व्यवस्थापन र उपचारमा संलग्न चिकित्सकहरुलाई निर्देशन समेत दिएका छन् । मुगु, अछाम र कास्कीलगायतका ठाउँहरुमा भएका दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले घाइतेको उपचार सरकारले गर्ने बताएका थिए ।

मंगलबार नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो २ बजेतिर दुर्घटनामा परेको थियो। दुर्घटनामा परी घटनास्थलमै २४ र ८ जनाको उपचार गर्न लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो।

नेपालगञ्जबाट मुगु आउँदै गरेको छायाँनाथ रारा यातायात प्रालिको भे १ ख ३१६७ नम्बरको यात्रुबाहक बसको टायर पञ्चर भई दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

यी हुन् दुर्घटनामा ज्यान गुमाउनेहरू: लग्न सेजुवाल (१९ वर्ष) – छायाँनाथ रारा-७, नाम नखुलेका २ वर्षीय बालक – छायाँनाथ रारा-७, भगवती बम (२० वर्ष) – छायाँनाथ रारा-७, पुजा बुढा (१८ वर्ष) – छायाँनाथ रारा-१०, प्यारी बिक (३३ वर्ष) – छायाँनाथ रारा-८, सन्तोष बिटालु (२२ वर्ष) – छायाँनाथ रारा-८, छारा सावत (२२ वर्ष) – छायाँनाथ रारा-१२, दानबहादुर रावल (चालक, ३५ वर्ष) – छायाँनाथ रारा नगरपालिका
सरिता खड्का (२० वर्ष) – छायाँनाथ रारा-१०, कर्णसिह बुढा (२२ वर्ष)- छायाँनाथ रारा-१४, चन्द्रादेवी मल्ल (२३ वर्ष) – छायाँनाथ रारा नगरपालिका, रामामाया भाम – छायाँनाथ रारा-६, उम्मर सावद (१८ वर्ष) – छायाँनाथ रारा-६, प्रकाश बुढा (२२ वर्ष) – छायाँनाथ रारा-११, अजय कार्की (२९ वर्ष) – छायाँनाथ रारा-५, कमला बिसी (३२ वर्ष) – छायाँनाथ रारा-५, सुनबहादुर बिक (२२ वर्ष) – छायाँनाथ रारा-१०, शिब बुढा – छायाँनाथ रारा-१४, अमृता शाही राना (२१ वर्ष) – छायाँनाथ रारा-७, आयुष राना (२ वर्ष) – छायाँनाथ रारा-७, रुपसिंह कार्की (२० वर्ष) – छायाँनाथ रारा-१४, महेन्द्र शाही (२२ वर्ष) – छायाँनाथ रारा-७, मनरुप कुमाई – सोरु गाउँपालिका-३, प्रदिप स्वर्णकार (२२ वर्ष) – राँझा, बाँके
चन्द्रप्रकास भाम (१८ वर्ष) – छायाँनाथ रारा-४, आदित्य बिक्रम शाह – छायाँनाथ रारा-७, आइतसिंह कामी (२३ वर्ष) – सोरु गाउँपालिका-८
टोपबहादुर बिष्ट (२८ वर्ष) – छायाँनाथ रारा-८ रहेका छन् ।

त्यसैगरी घटनामा परी घाइतेहरूः प्रेम बहादुर रावल – छायाँनाथ रारा-५ , शुक्रराज मल्ल (२१ वर्ष) – छायाँनाथ रारा-१, रतनसिंह रावल (२१ वर्ष) – छायाँनाथ रारा-८, शैलिन्द्र शाही (१८ वर्ष) – छायाँनाथ रारा-७, गणेश बहादुर रावल (२१ वर्ष) – छायाँनाथ रारा-७, सुस्मिता शाही (९ वर्ष) – छायाँनाथ रारा-१, सम्झना रावल (२० वर्ष) – छायाँनाथ रारा-८, रेखा सावद (३१ वर्ष) – छायाँनाथ रारा-११, लक्ष्मीचन्द्रा रावल – छायाँनाथ रारा-५, दन्ता बुढा – छायाँनाथ रारा-११, शुजता बम (७ वर्ष) – छायाँनाथ रारा-१३, हर्षबहादुर सावद – छायाँनाथ रारा-११, भूमिका बुढा (६ वर्ष) – छायाँनाथ रारा-३

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal