
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवानले शान्तिपूर्ण रुपमा चीनसँग एकीकरण हुनुपर्ने बताएका छन् । सीले विभाजनको विरोध गर्ने चिनियाँ नागरिकको परम्परा भएको बताउँदै ताइवानले एक देश, दुई प्रणाली अन्तरगत शान्तिपूर्ण आफूले चाहेको बताएको चिनियाँ संचारमाध्यमलाई उदृद्ध गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।
ताइवानले शान्तिपूर्ण एकीकरणको लागि तयार नभएर बल प्रयोग गर्ने चीनले धम्की दिँदै आएको छ । राष्ट्रपति सीले पनि घुमाउरो भाषामा त्यही भनेको समाचार लिश्लेषण गरिएको छ ।
केही दिनयता ताइवानले आफूलाई एक सार्वभौम देश भएको बताउन थालेको छ । सीको भनाईपछि पनि ताइवानको राष्ट्रपति कार्यालयले ताइवानको भविष्य त्यहाँकै नागरिकको हातमा रहेको बताएको छ । यसले चीन र ताइवानबीचको सम्बन्ध थप चिसो ल्याउने बताइएको छ ।
चीनले एक देश, दुई प्रणालीको नीतिअनुसार ताइवान पनि आफ्नै अंग भएको बताउँदै आएको छ भने ताइवानले त्यसलाई अस्वीकार गर्दै आएको छ । ताइवानमा अमेरिकासहित चीन विरोधी देशहरुले भित्रभित्र लगानी गरिरहेका छन् । अमेरिकी सेनाले एक बर्षदेखि ताइवानका सेनालाई सैन्य तालिम दिँदै आएको खुलासा भएको थियो । योसँगै चीन आक्रोसित भएको हो ।
अमेरिकी सेनाले क्याम्प खडा गरेको खुलासा भाएपछि चीनले एकै पटक ताइवानको आकाशमा १७० वटा सैनिक विमान उडाएको थियो । चिनियाँ सेनाले अमेरिकी सेनालाई ताइवान छोड्न दवाव दिन विमान अकाशमा उडाएको बताइएको छ ।
सन् १९४० को गृहयुद्धको क्रममा चीन र ताइवान विभाजित भएका थिए । तर, ताइवानलाई चीनकै अंग मान्न तयारी भएपछि युद्ध रोकिएको थियो । पश्चिमा देशहरुले पनि उक्त नीति मान्दै पछाडि हटेका थिए ।