आज :

जसपाबाट सरकारकाे नेतृत्व राजेन्द्र श्रेष्ठले गर्ने, रामकुमारी झाँक्रीकाे पनि मन्त्रालय बदलियाे

काठमाडौँ । सत्तारुढ दलहरुले आफ्नो भागमा परेका मन्त्री छानिसकेका छन् । आकांक्षी धेरै र मन्त्रालय थोरै भएपछि दलहरुलाई मान्त्री छान्न निकै सकस भएको थियो ।

आज साँझ ४ बजेको लागि शपथ समयको टुंगो लागिसक्दा पनि नेपाली काँग्रेसको रामचन्द्र पौडेल समूहले अझै मन्त्री छान्न सकेको छैन ।

जनता समाजवादी पार्टीले बल्लबल्ल मन्त्रीको टुंगो लगाएको छ । मन्त्री छान्ने जिम्मा अध्यक्ष उपेन्द्र यादवलाई जिम्मा दिइएको भएपनि नेताहरुबीच सन्तुलन मिलाउनु पर्ने भएकोले मन्त्री छान्न ढिला भएको नेताहरुले बताएका छन् ।

जसपाका शीर्ष नेताहरुले सरकारको नेतृत्व राजेन्द्र श्रेष्ठले गरी चार मन्त्रीको नाम तय गरेका छन् । जसमा रेणु यादव, रामसहाय यादव र प्रमोद साह मन्त्री बन्ने निश्चित भएको छ ।

यसैबीच नेकपा एकृकीत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समाल्ने भएपनि अन्तिममा आएर यसअघिको निर्णय बदलिएको छ ।

एकीकृत समाजवादीका नेता विरोध खतिवाडाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समाल्ने भएका छन् भने नेता झाँक्रीले पर्यटन मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal