आज :

अन्तरिक्षमा पहिलो पटक पुगेको रुसले नै पहिलो चलचित्र छायांकन गर्यो, अमेरिकाभन्दा फेरि पनि अगाडि

काठमाडौँ । अन्तरिक्षमा पहिलो पटक पुगेको रुसले पहिलो चलचित्र छायांकन गरेको छ । अन्तरिक्षमा चलचित छायांकन गर्ने अमेरिकाले तयारी गर्दैगर्दा रुसले छायांकन गरेर नयाँ रेकर्ड कायम गरेको छ ।

रुसी अन्तरिक्ष टोली इन्टर्न्याश्नल स्पेस स्टेशन आईएसएसमा पुगेर चलचित्र छायांकन गरिरहेको छ । क्लिम शिपेन्कोले निर्देशन गर्ने चलचित्रको प्रमुख भूमिकामा ३७ वर्षीय युलिया पेरेसिल्ड छन् ।

छायांकन टोली चढेको सोयुज एमएस १९ अन्तरिक्षयान कजकस्तानको बैकोनुरबाट उडेर तीन घण्टापछि आईएसएसमा पुगेको थियो ।

अमेरिकी कलाकार टम क्रुज र नासाले पनि त्यहाँ एउटा चलचित्र छायाङ्कन बनाउने योजना बनाइरहेका बेला रुसी कालाकारको टोली पुगेर छायांकन गरेको हो । फेरि पनि रुस अमेरिका भन्दा एक अगाडि रहेको सावित भएको छ । मङ्गलवार रुसी टोली अन्तरिक्षतिर लाग्दा कैयौँ टेलिभिजन क्यामेराहरू पेरेसिल्ड र टाढा बसेर हेरिरहेकी उनकी १२ वर्षीय छोरी आनातिर सोझिएको बीबीसीले समाचारमा उल्लेख गरेको छ ।

रुसको वेबसाइटले ‘वास्तविक नायकहरू अन्तरिक्षमा पुगेको’ लेखेको छ । शिपेन्कोको नायिका श्रीमती कार्पुनिनाका अनुसार निर्देशकले अन्तरिक्षमा जानुअघि १५ किलो तौल घटाउनु परेको थियो ।

अन्तरिक्षयात्री एन्टोन श्कापलेरोभको नेतृत्वमा योजना अनुसार नै मस्को समय ११ः५५ मा यान प्रक्षेषण गरिएको थियो । उडेपछि कमाण्डरले ‘यात्रुहरू ठिकठाक रहेको’ बताएका थिए ।

उडेको तीन घण्टापछि सोयुज आईएसएसमा अवतरण गरेको थियो । अन्तरिक्ष स्टेशनमा अवतरण गर्न भने अलिकति समय लागेको थियो। त्यसबेला स्वचालित ‘डकिङ’ अर्थात् अवतरण विफल भएपछि अन्तरिक्षयात्रीको नियन्त्रणमा डकिङ गर्नुपरेको थियो ।

श्कापलेरोभसँग सहयोगका लागि सामान्य अवस्थामा उडान इन्जिनियरको सहयोग उपलब्ध हुन्थ्यो । तर उनीसँग यस पटक साथ रहेका यात्रुहरूले भने छोटो समय तालिम लिएका कारण सहयोग गर्न सकेनन् । अन्ततः यान अवतरण भयो । उनीहरूलाई आईएसएसको रुसी क्षेत्रमा रहेका सात जनाले स्वागत गरेका थिए ।

श्कापलेरोभ थप केही दिन अन्तरिक्षमै बस्ने भए पनि निर्देशक र नायिका भने १२ दिन मात्र अन्तरिक्षमा बसेर चलचित्र छायाङ्कन गर्नेछन् । चलचित्रमा पेरेसिल्ड एक अन्तरिक्षयात्रीलाई बचाउन पृथ्वीको कक्षमा पठाइएका मुटु चिकित्सकको भूमिकामा छिन् । दुई अन्तरिक्षयात्रीहरू ओलेग नोभिट्स्की र प्योटर डबरभले पनि चलचित्रमा अभिनय गर्नेछन् ।

चलचित्रको लगानी रुसको च्यानल वान टेलिभिजनले गरेको छ । रसकसमसको एक भगिनी संस्थाले सङ्घीय बजेटबाट खर्च आवश्यक नपर्ने बताएको छ ।

अन्तरिक्षमा तत्कालिन सोभियत संघकै पालामा रुसले पहिलो पटक पाइला टेकेको थियो । त्यो भन्दा पछि अमेरिका पुगेको थियो ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal