आज :

मन्त्रिमण्डल विस्तारको तयारीः माओवादी केन्द्र र जसपाले मन्त्रीको नाम आजै प्रधानमन्त्रीलाई बुझाउने 

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन् । सत्ता गठबन्धन दलहरुबीच मन्त्रीको भागबण्ड मिलेपछि देउवाले तयारी गरेका हुन् । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री देउवाले भोलिसम्म मन्त्रिमण्डललाई पूर्णता दिइसक्ने छन् ।

यसैबीच सत्ता गठबन्धन दलहरुले आफ्नो तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नामको आजै टुंगो लगाउने गरी छलफल थालेका छन् । मन्त्रीका आकांक्षी धेरै भएकाले शिर्ष नेताहरुलाई नेताहरुलाई मनाउन हम्मेहम्मे परेको छ । मन्त्रीको नामको अन्तिम टुंगो लगाउन नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले आज बैठक बोलाएका छन् ।

माओवादी केन्द्रले आज दिउँसो १ बजे स्थायी कमिटी बैठक बोलाएको छ । माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालले बैठकमा समसामयिक राजनीतिका साथै पार्टीका विभिन्न विभाग, आयोग, मञ्च लगायतको पूर्णता दिनेबारे छलफल हुने बताए ।

यसैबीच मन्त्रीको नाम चयन लगायतका विषयमा मतदण्ड बनाउन जनता समाजवादी पार्टी नेपालले कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

चार जना मन्त्री पाउने भएपछि जसपाले नेताहरुलाई मनाउन अध्यक्ष उपेन्द्र यादवलाई गारो भएकाले बैठकबाटै टुंगो लगाउने भएको छ । यसअघि मन्त्रीको नाम छान्ने जिम्मा अध्यक्ष यादवलाई दिइएको थियो ।

बैठकले सरकारमा सहभागी हुनेबारे मापदण्ड बनाउने बताइएको छ । म्याण्डेट लिन अध्यक्ष यादवले बैठक बोलाएका हुन् ।

जसपाले भौतिक पूर्वाधार तथा यतायात, वन तथा वतावरण, संघीय मामिला तथा समान्य प्रशासन र कृषि तथा पशुपन्छी विकास मन्त्रालय पाएको छ । जसपा नेपालमा मन्त्रीका आकांक्षी धेरै छन् । सुरुमा ८ मन्त्रालयको दाबी गरेको जसपाले ६ भएपनि चित्त बुझाउने बताएको थियो । तर, गठबन्धन दलहरुबीच जसपाले चार मन्त्रालय पाउने सहमति भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal