
काठमाडौँ । जहाज आकाशे पुलमूनि अड्किएको समाचार र भिडियो भाइरल भएको छ । यो घटना भारतको राजधानी नयाँ दिल्लीको हो ।
भारतको राजधानी नयाँदिल्लीस्थित एक आकाशे पुलमूनि एयर इन्डियाको एउटा जहाज अड्किएको हो ।
आकाशमा उडिरहेको वा रनवेमा गुडिरहेको देखिने जहाज आकाशे पुलमूनि अड्किएको देखेपछि धेरै मानिसले चासो देखाएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार जहाज अड्किएको भिडिओ पत्रकार अशोक राजले केही दिनअघि आफ्नो ट्वीटरमा राखेका थिए।
एयर इन्डियाले कवाडमा बेचिसकेकाे यो जहाजलाई इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट कतै लैजाने क्रममा आकाशे पुलमुनि फसेको हो ।