
काठमाडौं । पूर्व सांसद इच्छारा तामाङलाई प्रहरीले पक्राउ गरेको छ । सिभिल बैंकका अध्यक्ष समेत रहेका तामाङलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सोमबार उनीसहित एक दर्जन बढीलाई सुन्धारा क्षेत्रबाट प्रक्राउ गरेको हो। उनी सिभिल बैंकाका अध्यक्ष समेत हुन् ।
प्रहरीका अनुसार तामाङविरुद्ध सहकारी ठगीको उजुरी परेको छ । उनीविरुद्ध ७० जना निक्षेपकर्ताको ४६ करोड बढी ठगी गरेको उजुरी छ । निवेदन आउने क्रम जारी भएको र ठगीको रकम बढ्न सक्ने अनुमान छ ।
प्रहरीले तामाङसहित सहकारी अध्यक्ष केशबलाल श्रेष्ठसहित सिभिल सहकारीका पदाधिकारीलाई पनि पक्राउ गरेको छ । उनीहरु सबै ठगी धन्दामा संलग्न रहेको निदेनकर्ताको दाबी छ ।
आफैं साहु र आफैं ऋणी बनिरहेको सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभबाट सिभिल ग्रुपले ९० प्रतिशत कर्जा लिएको छ । ग्रुपले सावा ब्याज नतिरेपछि सहकारी चरम संकटमा परेको थियो। सहकारीले २ हजार भन्दा बढी निक्षेपकर्ताले लामो समयदेखि निक्षेप फिर्ता पाउन सकेका छैनन्।
आठ अर्ब १३ करोड रुपैयाँ कर्जा प्रवाह भएकामा सिभिल ग्रुपका संस्थापक तामाङको रियल स्टेट व्यवसायमा सबै रकम लगानी रहेको बताइएको छ।
सिभिल सहकारीले सुशासनको न्यूनतम सर्त पनि पालना नगरी संस्थापक तामाङकै सिभिल होम्सलाई जथाभावी ऋण दिँदा सहकारी समस्यामा परेको भन्दै निक्षेपकर्ताले उजुरी गरेका थिए ।