
कामाडौं । नेकपा (एमाले) को विधान महाधिवेशन जारी छ । शुक्रबारबाट गोदावरीको सनराइज सम्मेलन केन्द्रमा सुरु भएको विधान महाधिवेशनमा आजबाट समूहगत छलफल सुरु भएको छ ।
एमालेका अनुसार अहिले ८ बजेबाट अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरले पेस गरेको सांगठानिक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमाथि छलफल सुरु हुँदैछ । समूहगत छलफलको लागि ४ घण्टाको समय दिइएको छ ।
तीनवटै प्रस्ताव अध्ययन र सुझाव राख्न एमालेले १० समूह बनाएको छ । समूहका अध्यक्षले धारणा राख्ने छन् । उक्त समूहलाई सहजिकरण गर्न प्रत्येक समूहमा दुईदुई जना नेतालाई पनि तोकिएको छ ।
एमालेले विधानमा पोलिट्ब्यूरो र उपमहासचिव पद हटाउने प्रस्ताव गरेको छ । नेता विष्णु पौडेलले पेस गरेको विधान संशोधन प्रस्तावमा यसअघि कायम रहेको पोलिटब्युरो कमिटी र उपमहासचिव पद हटाइएको हो ।
यो विधान पास भएमा एमालेमा अब स्थायी कमिटी र केन्द्रीय कमिटी रहनेछन् । अध्यक्षको नेतृत्वमा पदाधिकारीहरू सदस्य रहने केन्द्रीय सचिवालय रहने व्यवस्था गरिएको प्रस्तावित विधानमा अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १ र ६ जना सचिव रहने व्यवस्था छ । पदाधिकारी रहेको सचिवालय प्रस्ताव गरिएको एमालेमा यो निकाय शक्तिशाली बन्ने देखिएको छ । त्यस्तै महासचिवको नेतृत्वमा सचिवहरू रहेको केन्द्रीय कार्यालय रहने भएको छ । ४१ सदस्यीय स्थायी कमिटी गठन गर्ने प्रस्ताव पनि एमालेको विधानमा छ ।
ईश्वर पोखरेलको संगठनात्मक प्रस्तावमा एमालेमा अराजकता र गुटबन्दी रहेको उल्लेख गरिएको छ ।
त्यसैगरी वैकल्पिक केन्द्रीय सदस्य पनि संशोधित विधानमा हटाइको छ । यसअघि वैकल्पिक केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको थियो । यस्तै प्रदेश कमिटीका अध्यक्ष केन्द्रीय कमिटीको पदेन सदस्य रहने प्रस्ताव गरिएको छ । निर्वाचितको १० प्रतिशत मात्र केन्द्रीय सदस्यमा मनोनित गर्ने पाउने व्यवस्था संशोधित विधानमा राखिएको छ । यस्तै अन्य पार्टीबाट एमालेमा समाहित हुनेलाई १० प्रतिशतसम्म केन्द्रीय कमिटीमा मनोनयन गर्ने व्यवस्था गरिएको छ ।
पार्टीले ४१ सदस्यीय स्थायी कमिटीको व्यवस्था गर्दै पोलिटब्युरो कमिटी हटाउने प्रस्ताव गरेको छ । पार्टी अध्यक्षको नेतृत्वमा सचिवालय र महासचिवको नेतृत्वमा केन्द्रीय कार्यालय रहने प्रस्ताव विधानमा गरिएको छ ।
यसैगरी अनुशासन आयोग, निर्वाचन आयोग र लेखा परीक्षण आयोगमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र १२ सदस्य रहने व्यवस्था गरिएको छ । आयोगका अध्यक्ष, उपाध्यक्ष, सचिव र सदस्यको मर्यादा केन्द्रीय सदस्य सरह हुने उल्लेख विधानमा छ ।
बन्दसत्रको अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीलाई तोकिएको छ । उनकै नेतृत्वमा अन्य नेताहरु पनि रहेका छन् ।
यी टोली कमाण्डर र सहजीकरण गर्ने नेताहरुः
प्रदेश १ (समूह क) सहजिकरण : सुवास नेम्वाङ र भीम आचार्य अध्यक्षता : देवराज घिमिरे प्रदेश २ (समूह ख) सहजरिकण: सत्यनारायण मण्डल र रघुविर महासेट अध्यक्षता: ज्वाला साह वागमती प्रदेश (समूह ग) सहजिरकणः अष्टलक्ष्मी शाक्य र रामबहादुर थापा अध्यक्षता: आनान्द पोखरेल गण्डकी प्रदेश (समूह घ) सहजिकरणः पृथ्वीसुब्बा र किरण गुरुङ अध्यक्षता ः जगत विश्वकर्मा लुम्बिनी (समूह ङ) सहजिरकण : विष्णु पौडेल र शंकर पोखरेल अध्यक्षता : लिला गिरी कर्णाली प्रदेश (समूह च) सहजिकरण : युवराज ज्ञवाली र यमलाल कँडेल अध्यक्षता: गोरख बोगटी सुदूरपश्चिम प्रदेश (समूह छ) सहजिरकण: भीम रावल र लेखराज भट्ट अध्यक्षता : कर्ण थापा उपत्याका विशेष, सम्पर्क सम्नव्य कमिटी र प्रवास क्षेत्र (समूह ज) सहजिकरण: छविलाल विश्वकर्मा र राजन भट्टराई अध्यक्षता:सुजिता शाक्य
त्यसैगरी जनसंगठन (समूह झ) सहजिकरण: गोकर्ण बिष्ट र टोपबहादुर रायमाझी अध्यक्षता: सुनिता बराल केन्द्रीय निकाय र आयोग (समूह ञ) सहजिरकण: अमृत बोहोरा र पुष्प कडेँल अध्यक्षता: भानुभक्त ढकाल