आज :

न्यूरोडका ‘माफिया’ प्रदिपले मन्दिरको जग्गा कब्जा गरी बनाएको ‘ताम्राकार कम्प्लेक्स’ बाट लाखौं असुल्दै 

काठमाडौं । देशभर सरकारी, सार्वजनिक तथा गुठीका जग्गा व्यक्तिले हडपेको खबर एकपछि अर्काे गरी खुलासा भइरहँदा देशकै प्रमुख व्यापारिक केन्द्र न्यूरोडस्थित ताम्राकार कम्प्लेक्स (मोवाइल हव) ले वर्षैदेखि ऐतिहासिक महत्व बोकेको श्री राधाकृष्ण मन्दिर स्थलहडपेर सो क्षेत्रमा घर बनाई व्यवसायीक रुपमा भाडामा दिँदै आएको छ । ताम्राकार कम्प्लेक्स प्रवेश गर्दैगर्दा दाहिनेतर्फ देखिने यो मन्दिर कम्प्लेक्सले नै धार्मीक सोचका साथ निर्माण गरेको होला ? तर, वास्तविकता भने त्यसो होइन ।

सो कम्प्लेक्सका मालिक प्रदीप ताम्राकारले टोलबासीलाई जालझेलमा पारेर हड्पेर व्यवसायीक कम्प्लेक्स बनाई मन्दिरको जग्गा अतिक्रमण गरेको खुलेको छ । स्थानीय केही प्रभावशाली व्यक्ति तथा पाको युथ क्लवका केही पदाधिकारीको मिलोमतोमा ताम्राकार कम्प्लेक्सले उक्त राधाकृष्ण मन्दिरलाई आफ्नो विशाल भवनभित्र पारेर बाहिरबाट सटर बनाई बन्द गराउदै आएको छ । स्थानीयले पुस्तौंदेखि पुज्दै आएको आस्थाको मन्दिर व्यापारिक महलको कब्जामा पारिएकोमा स्थानीयवासी पनि असन्तुष्ट बनेका छन् ।

एक स्थानीयले आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा भने ‘ताम्राकार कप्लेक्सको नक्सा कसरी पास भयो ? ऐतिहासिक मठ मन्दिरलाई कसको स्वीकृतीमा महलभित्र पार्ने प्रपञ्च रचियो ?’ उनले भने । सो अबैध कार्यलाई सरकार तथा स्थानीय निकायले किन चासो दिएन भन्ने बारेमा आफुहरुलाई अचम्म लागेको बताए ।

अर्का एक स्थानीय बासिन्दाले भने,‘ मन्दीर सत्तल कसैको पनि नीजि हुँदैन यी चिजहरु खुला रहनु पर्ने हो तर ताम्राकार कम्प्लेक्सका मालिक प्रदीपले शक्ति र पैसाकै आडमा जुगौंदेखि पुज्दै आएको आस्थाको मन्दिरलाई बन्द सटरभित्र राखेर पुजाआजा गर्नबाट समेत बच्चित गरेको छ, यो सरासर अन्याय हो, यो तत्काल खुला गरिनु पर्छ ।’

सो भवनभित्र मन्दिरलाई पार्नु एकातिर धार्मिक दृष्टिले ठिक नभएको र अर्काे नक्सा पास नै नहुनु पर्नेमा त्यो भबन कसरी बन्यो भन्ने बारेमा समेत अहिले टोलबासीहरुले आवाज उठाएका छन् । यसमा कसकसको मिलोमतो छ उनीहरुमाथि कारवाही हुनु पर्ने र अनियमित ढंगबाट निर्माण भएको उक्त कम्प्लेक्स नै भत्क्याउनु पर्ने स्थानीयवासीको माग रहेको छ । यद्यपि, निरीह स्थानीयले प्रभावशाली व्यवसायीका अगाडी मुख खोलेर बोल्न भने सकेको छैन ।

स्थानीय टोलबासीले भने सो मन्दीरको नाममा रहेको जग्गालाई खुला गरि त्यहाँ भजनघर बनाउनु पर्ने माग राख्दै आएपछि प्रदीप ताम्राकारले शक्ति प्रयोग गरी टोलबासीमाथीनै दमन गर्दै आएको समेत आरोप लागेको छ । स्मरणीय छ, उक्त मन्दिर विगतमा पाको युथ क्लवद्धारा संरक्षित रहेको थियो, तर मन्दिर रहेको उक्त क्षेत्र ताम्राकार कम्प्लेक्सभित्र पारिएपछि भने त्यसको संरक्षण तथा सम्वद्र्धन ताम्राकार हाउसले गर्ने भन्दै कल्बलाई हटाएको समेत स्रोतको भनाई रहेको छ ।

युथ क्लवका केही प्रभावशाली सदस्य तथा पदाधिकारीको पहलमै सो ऐतिहासिक मन्दिर व्यापारिको कब्जामा पुगेको समेत अन्य सदस्यहरुले बताएका छन् । ताम्राकार हाउसले राधाकृष्ण मन्दीरको करिव २ आना जग्गा व्यक्तिगत रुपमा अतिक्रमण गरी व्यवसायीक भबन बताएका समेत प्राप्त कागजातबाट खुलेको छ । सो सम्बन्धमा सो हाउसका मालिक प्रदीप ताम्राकारसंग सम्र्पक गर्दा उनले सो मन्दीरको बारेमा गुठी समितिसँग सोध्नु भन्दै धम्कीपूर्ण भाषामा उत्तर दिए ।

यहाँले मन्दीरलाई सटरभित्र कसरी राख्न पाउनु भयो भन्ने प्रश्नमा भने उनले कुनै जवाफ दिन चाहेनन् । उनले यति भने,‘यो भबननै गुठीको हो, गुठीसँग सम्झौता गरेर मैले भवन बनाएको हो, अरु कुरा समितिसँग नै सोध्नु ।’ यसरी सो हाउसले विद्यमान ऐन विपरित बनाएको घरभित्र सर्वाजनिक जग्गालाई समेत अतिक्रमण गर्न गुठी समितिको नाममा नक्कली कागजात समेत बनाएर घर बनाएको समेत टोलबासीहरुको ठहर रहेको छ ।

मन्दिरको जग्गा कब्जा गरी मनाइएको कम्प्लेक्सबाट ताम्राकारले लाखौं असुली गरिरहेका छन् । यसरी मानिसको आस्थालाई नीजि लाभमा कैद गर्न नहुने भन्दै स्थानीयले ताम्राकारको हर्कतको विरोध जनाउँदै आएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal