
काठमाडौं । साहस उर्जा लिमिटेडको आईपीओ बाँडफाँड हुने मिति तोकिएको छ ।
धितोपत्र बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार आज शुक्रबार प्रि–अलटमेन्टको काम सकेर आइतबार (असोज १७ गते) आफ्नै कार्यालयबाट शेयर बाँडफाँड गर्ने जनाएको छ ।
कम्पनीले गत असोज ६ गतेदेखि १० गतेसम्म ७० लाख कित्ता आईपीओ निष्कासनमा ल्याएको थियो । कुल ७० लाख कित्ता आईपीओको लागि लगभग २४ लाख ६५ हजार जनाले आवेदन पर्दा झण्डै ३ करोड ४९ लाख कित्ता शेयर माग भएको थियो ।
कम्पनीको आईपीओ भाग्यमानी ६ लाख ४४ हजार आवेदकले मात्रै १० कित्ताका दरले शेयर पाउने छन् ।