
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय विहान बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा विहान १० बाट सुरु हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुलाई आमन्त्रण गरिएको छ ।
प्रधानमन्त्री देउवाले संसदको अबरोध हटाउने प्रयासस्वरुप सर्वदलीय बैठक बैठक बोलाएा हुन् । आजै दिउँसो १ प्रतिनिधिसभाको बैठक आह्वान गरिएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद बैठक अवरोध गर्दै आएको छ ।
एमाले अवरोधका बीच सभामुख अग्नि सापकोटाले कार्यसूचीअनुसार अघि बढिरहेका छन् । यसले सत्तापक्ष र प्रतिपक्षबीचको सम्बन्ध झनझन टाढा पुग्दै गएको छ । सभामुख सापकोटाले संसद अवरोध एमालेसँग छलफल गरेका थिए । तर, अबरोध जारी छ ।
यसैबीच सर्वदलीय बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली नजाने बताइएको छ । सर्वदलीय बैठकमा नजाने औपचारिक घोषणा गरेका त छैनन् तर विधान अधिवेशनको तयारीमा रहेकोले जान नसक्ने एमाले नेताहरु बताउँछन् ।