
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध मुद्धा आज पनि ‘हेर्न नमिल्ने’मा परेको छ । आज संवैधानिक इजलसको पहिलो नम्बर पेशीमा परेको मुद्धा हेर्न नमिल्नेमा राखिएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले सपाकोटाको जनयुद्धकालिन मुद्दा हेर्न नमिल्नेमा राखेको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा नेतृत्वको इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा छन् ।
जनयुद्धको क्रममा काभ्रेका अर्जुन लामाको मृत्युमा सापकोटा प्रमुख दोषी रहेको भन्दै २०६८ सालमा मुद्दा परेको थियो । अर्जुन लामाकी पत्नी पूर्णिमाया लामा, मानव अधिकारकर्मी सुशील प्याकुरेललगायतले २०६८ असार ६ गते दर्ता गरेका थिए ।