
काठमाडौं । नेपालमा पछिल्ला केही दिनयता कोरोना संक्रमणभन्दा निको हुनेको संख्या धेरै हुँदै गएको छ । योसँगै सक्रिय संक्रमितको संख्या पनि कम हुँदै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १,१५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
कुल ११ हजार ६ सय ७२ पीसीआर परीक्षण गर्दा ९०४ जना र २ हजार ३३१ एन्टिजेन परीक्षण गर्दा २५४ गरी १ हजार १५८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९३ हजार २७१ पुगेको छ ।
त्यसैगरी आज थप १ हजार ३१८ जनाले कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै ७ लाख ६३ हजार ७३४ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार थप १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ११ हजार ११५ जनाले ज्यान गुमाएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४२२ जना रहेका छन् । जसमध्ये १७ हजार १२५ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार २९७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३६४ जना आईसीयू र १२० जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै १० वर्ष मुनिका १४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ७८ जना कोरोना संक्रमित थपिएका छन् ।
आज पनि सबैभन्दा धेरै काठमाडौंमा २७० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै झापामा ७३, ललितपुरमा ६९, कास्कीमा ५४, भक्तपुर र रुपन्देहीमा ४४४४ जना, सुनसरीमा ४३, मोरङमा ४२, चितवनमा ४०, सुर्खेतमा १५, धनुषा र काभ्रेपलाञ्चोकमा १२र१२ जना, पाल्लामा ११ र तनहुँमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।