
काठमाडौं । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को लाभांश घोषणा गरेको छ ।
बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ६ प्रतिशत बोनस शेयर र २ दशमलव ६७ प्रतिशत नगद लाभांश गरि कुल ८.६७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
हाल बैंकको चुक्तापूँजी रू. १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार रहेको छ । सोही चुक्तापूँजीको आधारमा बैंकले लाभांश प्रस्ताव गरेको हो । लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीहरुले पाउनेछन् ।