आज :

गरिबले अब चुनाव लड्न सक्दैनन् : प्रभाकर

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संगठन विभाग प्रमुख जनार्दन शर्मा ‘प्रभाकर’ पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने बताएका छन् ।

प्रभाकरले अबको चुनावमा ठूलो धनराशी अवस्था सिर्जना भएको बताउँदै प्रभाकरले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा मात्र दलितलगायत सीमान्तकृत समुदायका जनताले नीति निर्माणको तहमा प्रतिनिधित्व गर्न सक्ने बताए । उनले ठूलो धनराशी खर्चिएर चुनाव जित्ने अवस्था नभएको बताउँदै समावेशी समानुपातिक सिद्धान्तको वास्तविक मर्म पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा मात्र सम्बोधन सक्ने बताए ।

मंगलबार पेरिसडाँडामा आयोजित पार्टी निकट नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रभाकरले संगठनको स्वरुप परिवर्तन गर्नुपर्ने आवश्यकता भएको बताए । माओवादी केन्द्रका संगठन विभाग प्रमुख समेत रहेका प्रभाकरले पार्टी र जनवर्गिय संगठनहरुका हरेक इकाईलाई उत्पादन इकाईको रुपमा बदल्नुपर्ने धारणा राखे ।

‘उत्पादनसँग जोडिएको संगठन भएन भने समाजवादमा जान नसक्ने बताउँदै प्रभाकरले हरेक कार्यकर्ता तिनको परिवारलाई आर्थिक रुपले आत्मनिर्भर बनाउनु पर्नेमा जोड दिए । त्यसको लागि संगठनको हरेक इकाइलाई उत्पादनसँग जोड्नु पर्नेमा उनले जोड दिए ।

पार्टीको नीति निर्माण तहमा दलित समुदायको उचित प्रतिनिधित्वको लागि १५ प्रतिशत आरक्षणको व्यवस्था गरिएको भएपनि त्यसलाई कार्यान्वयन गर्न सेल कमिटी र टोल कमिटीहरुबाटै दलित प्रतिनिधित्व सुनिश्चित गर्दै लैजान आग्रह गरे ।

  • फाइल फाेटाे

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal