आज :

मन्त्रिपरिषद् विस्तार हुँदैः एकीकृत समाजवादीले बुझायो सूची, सुदूरपश्चिमबाट प्रेम आले मन्त्री बन्दै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन् । सत्ता साझेदार दलहरुले अध्यादेश फिर्ता नलिएसम्म सरकारमा सहभागी हुन नसक्ने भनेका कारण मन्त्रिमण्डल विस्तार हुन सकेको थिएन ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेसँगै मन्त्रिमण्डल विस्तार हुन लागेको हो । सरकारको सिफारिसमा भण्डारीले सोमबार अध्यादेश खारेज गरेकी हुन् ।

प्रधानमन्त्री देउवाले सरकार विस्तारको तयारी गरेपछि नेकपा (एकीकृत समाजवादी) ले आफ्नो तर्फबाट सरकारमा सहभागी हुनेहरुको नामको टु‌ंगो लगाएको छ । अध्यक्ष माधव कुमार नेपालले नामहरुको सूची देउवालाई बुझाइसकेका छन् ।

एकीकृत समाजवादीका एक नेताका अनुसार एकीकृत समाजवादीले विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले र जीवनराम श्रेष्ठलाई मन्त्रीको लागि सिफारिस गरेको छ ।

सत्ता गठबन्धको भागबन्डामा एकीकृत समाजवादीको भागमा ६ मन्त्रालय परेपनि अहिले पाँच जनाको मात्रै नाम पठाइएको छ । अन्य दलहरुलाई मनाएर थप एक मन्त्रालय दिने प्रधानमन्त्रीले आश्वासन दिएको बताइएको छ ।

सत्ता गठबन्धन भित्र भएको छलफलअनुसार एकीकृत समाजवादीले ६ मन्त्रालय पाएमा भवानी खापुङ र किसान श्रेष्ठमध्ये एकलाई पठाउने तयारी छ । सरकारमा जाँदा विरोध खतिवडाले नेतृत्व गर्ने भन्ने टुंगिए पनि पाउने मन्त्रालय भागबण्डा अझै टुंगिएको छैन । ती नेताले मन्त्रालयमा गठबन्धनबीच सहमति भएपछि मात्रै कसले कुन मन्त्रालय पाउने भन्ने विषय टुंगिनेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal