
काठमाडौं । एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा आज एउटा मात्रै खेल हुने भएको छ । आज खेलमा काठमाण्डौ किङ्ग्स इलाभेन र पोखरा राइनोज खेल्दैछन् ।
खेल दिउँसो १२ बजेबाट सुरु हुने खेल त्रिवि मैदान कीर्तिपुरमा हुँदैछ । यसअघि खेलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाण्डौले उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई हराएको थियो । विनोद भण्डारीको कप्तानीमा रहेको पोखराले पहिलो खेलमा भैरहवा ग्लाडीयटर्ससँग अङ्क बाँडेको थियो ।
पानी परेपछि पोखरा र भैरहवाबीचको यसअघिको खेल रद्द भएको थियो । त्यस्तै सोमबार पानी परेका कारण काठमाण्डौ र विराटनगर वारियर्सबीचको खेल स्थगित भएको थियो ।