आज :

हुम्लामा चीनले सीमा मिचेको अध्ययन टोलीको निष्कर्ष, सरकारले चीनलाई चिढाउन चाहेको दाबी

काठमाडौं । सरकारी अध्ययन टोलीले हुम्लामा चीनले सीमा मिचेको निष्कर्षसहितको प्रतिवेदन बुझाएको छ । नेपाल–चीन सीमामा समस्या रहेको भन्दै संयुक्त निरीक्षण समूह वा विज्ञ समूहमार्फत समाधान खोज्न पनि सुझाव पनि दिएको छ ।

सरकारले गृह मन्त्रालयका सहसचिव जयराज आचार्यको नेतृत्वमा हुम्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्सादेखि हिल्लासम्मको सीमा क्षेत्रबारे अध्ययन गर्न समिति गठन गरेको थियो । भदौ १६ गते सरकारले अध्ययन समिति गठन गरेको थियो ।

समिति गठन भएको एक महिना नपुग्दै आइतबार प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाँडलाई बुझाएको छ । समितिले स्थलगत अध्ययन गनुैको साथै सरोकारबालासँग छलफल र सुझाव पनि प्रतिवेदनमा समेटिएको बताइएको छ । त्यस्तै, प्रतिवेदनमा सीमा विवाद भनिएको क्षेत्रको भौगोलिक, समाजिक, सांस्कृतिक, भौतिक पूर्वाधार, सीमाना लगायतको अवस्था समेटिएको छ ।

प्रतिवेदन बुझ्दै गृहमन्त्री खाँणले प्रतिवेदनका सुझावहरु प्राथमिकताका साथ कार्यान्वयन गर्ने बताएका छन् । सरकारले यो प्रतिवेलनको सुझावअनुसार मन्त्रिपरिषदबाट थप समस्या समाधानको पहल गर्ने बताएको छ ।

तर, एक थरीले सरकारले नै चीनसँग विवाद झिक्न अध्ययन समिति गठन गरेको बताउँदै आएका थिए । दार्चुलामा भएको तुइन घटना, दार्चलाकै आकाशमा भारतीय सैनिक विमानको गस्तीलगायतका भारतसँग भएका सीमा विवादलाई विषयान्तर गर्न चीनसँग जबरजस्त विवाद झिकेको बताउँदै आएका थिए ।

हुम्लाबाट प्रतिनिधिसभा सांसद छक्कबहादुर लामाले चीनसँग सीमा समस्या नरहेको बताउँदै आएका छन् । उनले एक कार्यक्रममा हुम्लामा सीमा समस्या पुष्टि भए आफू राजनीतिबाटै सन्यास लिने बताएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal