आज :

एनआरएनएको अध्यक्षमा पर्वतका कुल आचार्यकाे उम्मेदवारी घाेषणा

काठमाडाैँ । गैरआवासीय नेपाली संघ एनआरएनएको आसन्न दशौं महाधिवेशनका लागि कुल आचार्यले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौंमा आचार्यले उम्मेदवारी घोषणा गर्दै ​एनआरएनएलाई पद्धति सम्मत, संस्थागत र पारदर्शी रूपमा अघि बढाएर प्रतिष्ठित बनाउने बताए ।

‘पद्धति र पारदर्शिता, समावेशी एनआरएनए हाम्रो प्राथमिकता हो । अहिले नेतृत्वमा रहेका केही साथीहरूले व्यक्तिगत रूपमा संस्था चलाउन खोज्दा आर्थिक अनियमितता भएका समाचारहरू आएका छन् र संस्थाको छवि बिग्रिएको छ । आफ्नो कार्यकालमा म व्यक्तिगत स्वार्थ हावी हुन दिने छैन र संस्थाको छवि सुधार्नेछु,’ उनले भने ।

आफु विजयी भएमा एनआरएनएको सदस्य संख्या बढाएर ५ लाख पुर्याउने, वैदेशिक रोजगारीका क्रममा नेपालीले भोगेका समस्या समाधान गर्ने, विदेशको जेलमा रहेका नेपालीलाई स्वदेश फर्काउन संस्थागत पहल गर्ने, सातवटै प्रदेशमा सीपमुलक केन्द्र स्थापना गर्दै स्वरोजगारको वातावरण बनाउने लगायतका घोषणा आचार्यले गरे ।

पर्वतमा जन्मिएका आचार्य लण्डन बसेर व्यवसाय गर्छन् । उनी नवौं महाधिवेशनमा अध्यक्ष पदमा कुमार पन्तसँग पराजित भएका थिए । दशौं महाधिवेशनमा बद्री केसी र रविना थापा पनि अध्यक्षको उम्मेदवार छन् । केसी विद्यमान कार्यसमितिमा अध्यक्ष छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal