
काठमाडौं । साहस उर्जा लिमिटेडको आईपीओमा आवेदन दिने आज (असोज १० गते) अन्तिम दिन रहेको छ। कम्पनीले असोज ६ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको थियो ।
कम्पनीले ७० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो। निष्काशन गरिएको कुल शेयरमध्ये ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी ६४ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
बिक्री प्रबन्धकका रुपमा एनआईबिएल एस क्यापिटल रहेको छ । सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतम १० लाख ५० हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नु हुनेछ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपि आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ।