
काठमाडौं। नेपालमा पछिल्ला पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण हुने भन्दा निको हुनेको संख्या धेरै भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ हजार ४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार १० हजार ५ सय ७५ पीसीआर परीक्षण गर्दा १ हजार १०३ जना र ५ हजार ११५ एन्टिजेन परीक्षण गर्दा ३ सय ७३ गरी १ हजार ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८९ हजार ८७२ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ५५० जना निको भएको छ । योसँगै ७ लाख ५८ हजार ५०४ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार नेपाल मृत्यु हुनेको संख्या ११ हजार ८१ पुगेको छ ।
नेपालमा शुक्रबारसम्म देशभर सक्रिय संक्रमितको संख्या २० हजार २८७ जना रहेका छन् । जसमध्ये १८ हजार ९६९ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ३१८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३४७ जना आईसीयू र १०५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै १० वर्ष मुनिका ३४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ९४ जना कोरोना संक्रमित थपिएका छन् ।
आज पनि सबैभन्दा धेरै काठमाडौंमा सबैभन्दा धेरै संक्रमित भएका छन् । मन्त्रालयका अनुसार काठमाडौँमा सबैभन्दा धेरै २५६, कास्कीमा ११७, ललितपुरमा ७३, सुनसरीमा ७२, मोरङमा ६२, चितवनमा ५३, रुपन्देहीमा ३९, भक्तपुरमा ३५, बाँकेमा १६, स्याङजामा १५, काभ्रे, बर्दिया र कैलालीमा १४१४ जना, तनहुँमा १३, इलाममा १२, नुवाकोट र सुर्खेतमा ११–११ जना तथा धादिङ, मकवानपुर र दाङमा १०–१० जनामा कोरोना संक्रमण भएको भन्त्रालयले जनाएको छ ।