
काठमाडौं । प्रभु मनि ट्रान्सफरले आफ्नो ग्राहकहरुको लागि फेस्टिभ अफर सार्वजनिक गरेको छ ।
नेपालीहरुको महान चाड दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘प्रभु छ साथमा, नगद उपहार हातमा’ योजना सार्वजनिक गरेको हो ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै उक्त योजनामा प्रभुको सेवा लिने ग्राहकहरु प्रत्यक्ष भाग लिन सक्ने बताएको छ ।
यस योजना अन्र्तगत प्रत्येक दिन १ जनाले रु ७ हजार का दरले रकम जित्न सकिने विज्ञप्तिमा उल्लेख छ । यो योजना सेप्टेम्बर ३० देखि नोभेम्बर १० सम्म रहने कम्पनीले जनाएको छ ।