
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हरुवा र भगौडा नेता भएको बताएका छन् । प्रचण्डले ओलीलाई महान् नेता बन्ने अबसर भएको तर गिदीमा गोबर भरिएकोले बिग्रिएको बताए ।
विहीबार योङ कम्युनिष्ट लिग नेपालको दोस्रो पाँचखाल नगर सम्मेलनलाईसम्बोधन गर्दै प्रचण्डले माओवादी केन्द्र र एमालेबीचको एकतापछि ओलीको बुद्धि नपुगेकोले महान् नेता बन्ने अबसर गुमाएको बताए ।
अध्यक्ष प्रचण्डले ओलीजस्तो बुद्धि नभएको नेता अरु नदेखेको समेत बताए । “मैले केपीजस्तो बुद्धि नभएको नेता अर्को देखेको छैन । दुई पार्टी एक भएपछि उनलाई नेपालको महान् नेता बन्ने अवसर थियो तर गिदीमा गोबर भरिएपछि के गर्ने ?”
त्यस्तै ओली दम्भी, अहंकारी, सामन्ती हिन्दुवादी प्रवृत्ति भएको प्रचण्डले आरोप लगाए । ओलीले माओवादी र माओवादी नेतृत्वलाई सखाप पार्न प्रतिनिधि सभा विघटन गरेको प्रचण्डको दाबी छ । ओलीको उक्त षडयन्त्रमा विदेशीहरूले साथ दिएको उनले बताए ।
प्रचण्डले सम्बोधनको क्रममा ओली प्रवृतिको उजागार गरेर पार्टी साधारण सदस्यबाट निकालेको बताउँदै अहिले बालुवाटारबाट बालकोट पु¥याएको बताए । उनले आफूहरु विजेता भएको समेत बताए ।