आज :

एकीकृत समाजवादीका १६ पदाधिकारीः ७ उपाध्यक्ष, एक महासचिव-चार सचिव

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले चार उपाध्यक्षसहित पदाधिकारीको टुंगो लगाएको छ । विभाजनपछि पदाधिकारी छान्न सकस भएको एकीकृत समाजवादीले विहीबार पदाधिकारीको टुंगो लगाएको हो ।

एकीकृत समाजवादीले चार उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र चार सचिव चयन गरेको छ । अध्यक्ष माधव कुमार नेपालसहित १३ पदाधिकारी बनेका छन् ।

बैठकले ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको छ । ३५ सदस्यीय स्थायी कमिटी र ७१ सदस्यीय पोलिटब्युरो कमिटी पनि गठन गरिएको छ ।

यस्तै, पार्टीमा सातजना उपाध्यक्ष चयन गरिएको छ । जसमा उपाध्यक्षहरु राजेन्द्र पाण्डे, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ, धर्मनाथप्रसाद साह र जयन्ती राईलाई बनाउने निर्णय गरेको छ ।

त्यसैगरी उपमहासचिवमा गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल छन् भने सचिवहरुमा केशवलाल श्रेष्ठ, जगनाथ खतिवडा, नागेन्द्रप्रसाद चौधरी र रामकुमारी झाँक्री चयन भएका छन् ।

त्यसैगरी एकीकृत समाजवादीले झलनाथ खनाललाई वरिष्ठ नेता र मुकुन्द न्यौपानेलाई नेता चयन गरेको छ ।

पदाधिकारीलाई केन्द्रीय समितिबाट अनुमोदन गर्ने बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal