आज :

एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक जारी, मन्त्रीको नाम टुंगो लगाउने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को पहिलो केन्द्रीय कमिटी बैठक जारी छ । काठमाडौँको बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बसेको बैठकमा आज दिउँसोबाट सुरु भएको थियो ।

बैठकमा वरिष्ठ नेता झलनाथ खनालले राजनीतिक प्रस्ताव पेश गर्नुको साथै केन्द्रीय समिति विस्तारलगायतका विषयमा पनि छलफल हुने भएको छ । त्यस्तै, आवधिक कार्ययोजना, समसामयिक प्रस्तावहरूमाथि छलफल गरेर बैठक टुंगिने नेता जगन्नाथ खतिवडाले बताए ।

एमालेसँग विभाजनको ५७ जना केन्द्रीय सदस्यको हस्ताक्षर सनाखत गराइएको थियो । अब त्यसमा थप हुने प्रचार विभाग प्रमुख खतिवडाले जानकारी दिए ।

त्यसैगरी सरकारमा सहभागी हुने र प्रदेश १ र बागमती प्रदेशमा आफ्नो नेतृत्वमा सरकार गठन गर्ने विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ । यही बैठकबाट सरकारमा सहभागी हुने मन्त्रीको पनि मोटामोटी टुंगो लगाउने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal