आज :

भारतीय तस्कर समूहको आक्रमणमा परी तीन प्रहरी घाइते, आक्रमणकारीलाई भारतले लुकायो

धनगढी । कञ्चनपुरमा भारतीय तस्कर समूहको आक्रमणमा परी तीन जना सशस्त्र प्रहरी जवान घाइते भएका छन् । जिल्लाको दोधारा चाँदनी नगरपालिका–८ सुन्दरनगर नजिकै नेपाल–भारत सीमा क्षेत्रमा गस्तीमा खटिएका नेपाली सशस्त्र प्रहरीको टोलीमाथि भारतीय तस्करको समूहले हिजो बेलुका आक्रमण गरेका हुन् ।

आक्रमणबाट सशस्त्र प्रहरीको बीओपी सुन्दरनगरमा कार्यरत तीन जना जवान समान्य घाइते भएका सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ नम्बर गण शैलेश्वरीले जनाएको छ । घाइतेमध्ये सशस्त्र प्रहरी जवान सुन्दर सुनारको टाउको हात र खुट्टा चोट लागेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीका अनुसार घाइतेहरुको दोधारा चाँदनीको स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । तस्कर समूहमा ७–८ जना रहेको घाइते प्रहरीले बताएका छन् । तस्कर समूह लुकेर आक्रमण गरी भागेको थियो ।

तस्कर समूहले मोटरसाइकलमा भारतबाट सामान ल्याउँदै गरेका उनीहरुले समाक्षेत्र नजिक ढु्ङ्गामुढा गरेका थिए । तस्करीको सामान नेपाल भित्र्याउन अवरोध भएपछि उनीहरुले प्रहरीमाथि आक्रमण गरेको बताइएको छ ।

सीमा क्षेत्रमा भारतीय तस्करलाई संरक्षण दिँदै गरेको भारतीय सुरक्षा बल एसएसबीले कारवाही गर्ने आश्वासन दिएपनि पक्राउ गरेको छैन ।

उनीहरु भारतीय सीमा क्षेत्रमै लुकेर बसेको भएपनि एसएसबीले पक्राउ गरेको छैन । यसअघि कैलालीमा तस्कर समूहले गस्तीमा रहेका प्रहरी सहायक निरीक्षक र प्रहरी जवानको हत्या गरेका थिए । उनीहरुलाई कारवाही गर्न पनि भारतले सहयोग गरेको थिएन ।

नेपालका सुरक्षाकर्मीमाथि आक्रमण गर्नेलाई भारतले लुकाउने गरेको आरोप सीमाबासीले बताउँदै आएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal