आज :

आइबा विश्व सक्सिङ च्याम्पियनसिप छनौटमा सनिल भए पहिलो

काठमाडौं । आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि सञ्चालित खुला छनोट प्रतियोगिताको ६७ किलोमा ललितपुरका सनिल शाही सोमबार पहिलो भएका छन् । नेपाल बक्सिङ सङ्घद्वारा आयोजित प्रतियोगिताको फाइनलमा १३ औँ दक्षिण एशियाली खेलकूद (साग) का स्वर्ण विजेता सनिलले बक्समान्डुका दावा छिरिङ लामालाई ५–० ले पराजित गरे ।

यससँगै छनोट प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा पाँच स्पर्धामा ३२ खेलाडी सहभागी थिए । चार स्पर्धाको फाइनल आइतबारै सकिएको थियो । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकूद परिसरमा भएको प्रतियोगिताको ५१ किलोमा एचटुओका रवीन थापा, ५७ किलोमा एपिएफका पुरन राई, ६३ किलोमा १३औँ सागका स्वर्णधारी नेपाल प्रहरीका भूपेन्द्र थापा मगर र ७१ किलोमा एपिएफका विकास लामा आ–आफ्ना प्रतिद्वन्द्वीलाई हराउँदै पहिलो भएका थिए ।

विश्व च्याम्पियनसिपका लागि बक्सिङ सङ्घले गठन गरेको छनोट समितिले पाँचमध्ये उत्कृष्टताका आधारमा खेलाडी छनोट गर्ने नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवालेले जानकारी दिनुभयो । विश्व च्याम्पियनसीप सर्बियाको बेलग्रेडमा अक्टोबर २५ देखि नोभेम्बर ६ सम्म सञ्चालन हुने छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal