
काठमाडौँ । प्युठानका कम्युनिस्ट अगुवा खगुलाल गुरुङको १०४ वर्षको उमेरमा निधन भएको छ । खगुलाल प्युठानी कम्युनिस्ट आन्दोलनका संस्थापक नै हुन् । केही दिनदेखि स्वास्थ्य समस्या उत्पन्न भएको थियो । उनको उपचारको क्रममा निधन भएको छ ।
कम्युनिस्ट मूल्य मान्यता, विचारप्रति र इमान्दार छवि बनाएका खगुलालको निधन भएको खबरसँगै कम्युनिस्ट नेता कार्यकर्ताहरुले दुःख व्यक्त गरेका छन् ।
पश्चिम नेपालको प्युठान कम्युनिस्टको गढ हो । मोहनविक्रम सिंह, मोहन वैद्यलगायतका कम्युनिस्ट शिर्ष नेताहरु प्युठानले जन्माएको छ ।
मुक्ति सेनाका कमान्डरसमेत रहेका खगुलालको नेतृत्वमा किसान आन्दोलन भएको थियो । त्यस्तै, उनकै नेतृत्वमा मुक्ति सेनाले सल्यान कब्जा गरेको थियो ।