आज :

भोलिबाट कोरोनाविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्र, बालबाकिाललाई पुस समान्तअघिबाट

काठमाडौँ । भोलिबाट काठमाडौं जिल्लामा कोरोना भाइरसविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाइँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो डोज लगाएकाहरुलाई ३ दिनसम्म दोस्रो डोज लगाइनेछ ।

खोप काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा खोप लगाइँनेछ । वडा भित्रको तोकिएको ठाउँमा कार्ड देखाएर खोप लगाउन सकिने मन्त्रालयले जनाएको छ । यस्तै कीर्तिपुर नगरपालकिामा १० ठाउँमा दोस्रो डोज लगाइदैछ भने चन्द्रागिरि नगरपालिकामा १५ ठाउँमा दोस्रो डोज चिनियाँ खोप लगाइँदैछ ।

स्वास्थ्य मन्त्रालयका सह प्रवक्ताले उक्त उमेर समूहका व्यक्तिहरूलाई खोप दिन कार्य योजना बनाइएको र त्यसअनुसार खोप खरिदको प्रक्रिया अगाडि बढाइएको बीबीसीलाई बताए ।

हालसम्म नेपालले १८ वर्ष भन्दा बढीको उमेर समूहलाई मात्रै कोरोनाभाइरस विरुद्धको खोप उपलब्ध गराउँदै आएको छ । असोज १ गतेसम्म झन्डै ६१ लाख नेपालीले पहिलो मात्रा र ५५ लाख भन्दा बढीले दुवै मात्रा खोप लगाएका छन् ।

त्यसैगरी काठमाडौंको नागार्जुन नगरपालिकाको १० ठाउँ, तार्केश्वर नगरपालिकाको ११ ठाउँ, दक्षिणकाली नगरपालिकाको ९ ठाउँ, बुढानीलकण्ठ नगरपालिकाको १३ ठाउँ, टोखा नगरपालिकाको ११ ठाउँ, गोकर्णेश्वर नगरपालिकाको ९ ठाउँ, शंकरापुर नगरपालिकाको ९ ठाउँ र कागेश्वरी मनोहरा नगरपालिकाको ९ ठाउँमा भेरोसेल दोस्रो डोज खोप लगाउन लागिएको मन्त्रालयको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
त्यस्तै, नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज, शसस्त्र प्रहरी अस्पताल, बलम्बु, बीर अस्पताल रत्नपार्क, शिक्षण अस्पताल, महाराजगञ्ज, निजामती कर्मचारी अस्पताल बानेश्वर, परोपकार प्रसूतीगृह, स्त्रीरोग अस्पताल, थापाथली र वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा खोप केन्द्र तोकिएको छ ।
यसैबीच बालबालिकालाई आगामी पुस समान्तअघि नै खोप लगाउने गरी सरकारले तयारी थालेको छ । सरकारले १२ देखि १८ वर्षको उमेर समूहका बालबालिकालाई लक्षित गरिएका खोप चाँडोमा आगामी पुस मसान्तभित्र आइपुग्नसक्ने बताएको छ ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले ४० लाख मोडेर्ना र थप फाइजरका खोपहरू केही महिनाभित्रै नेपालमा भित्रने बताइरहेका छन् ।
स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डाक्टर समीरकुमार अधिकारीका अनुसार १८ वर्ष भन्दा बढी उमेर समूहका व्यक्तिलाई नै सकेसम्म चाँडो र धेरै भन्दा धेरै खोप उपलब्ध गराउने र पुस समान्तअघि १२ वर्षदेखि १८ वर्षसम्मका बालबालिकालाई खोप लगाइनेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal