
काठमाडौँ । आफ्नो मिसन पुरा गरी चिनियाँ अन्तरिक्ष टोली सकुशल पृथ्वीमा फर्किएको छ । चीनको सबैभन्दा लामो अन्तरिक्ष (स्पेस) मिसनपछि चिनियाँ अन्तरिक्ष टोली सकुशल शुक्रबार पृथ्वीमा आइपुगेको हो ।
नेई हेइसेङ, लिउ बुमिङ र ताङ होन्वोको टोलीले शुक्रबार पृथ्वीमा पाइला टेकेका हुन्। गत बिहीबार अन्तरिक्षयानबाट छुटेका सो टोलीले १ बजेर ३५ मिनेट (स्थानीयसमयअनुसार) भित्रि मङ्गोलियाको गोपि मरुभूमिमा अवतरण भएका थिए ।
पृथ्वीदेखि ३८० किलोमिटरमाथि रहेको चीनको स्पेस स्टेसनमा सो टोलीले ९० दिन बिताएको थियो । जुन १७ मा सो टोली अन्तरिक्षतर्फ गएको थियो । विभिन्न खोजका लागि अन्तरिक्षमा पुगेको सो टोली आफ्नो मिसन पूरा गरी फर्किएको हो ।