आज :

नेकपाको केन्द्रीय समिति बैठक: केन्द्रीय सदस्यहरुले बोल्ने क्रम जारी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठक जारी छ । तनहुँको बन्दीपुरमा विहीबार सुरु भएको ११ औं पूर्ण बैठक आज पनि जारी छ ।

बैठकमा महासचिव विप्लवको राजनीतिक प्रस्तावमाथि केन्द्रीय समिति सदस्यहरुले धारणा राखिरहेका छन् । साथै, उनीहरुले आफ्नो कार्यक्षेत्रको रिपोर्टिङ पनि गरिरहेका छन् । नेकपा केन्द्रीय सदस्यहरुलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिएको छ ।

सरकारसँग तीन बुँदे र प्रतिबन्ध हटाएपछि थप गरिएको केन्द्रीय समितिको यो पहिलो बैठक हो । बैठकले पार्टीका आगामी कार्यक्रम, महाधिवेशन, सरकारसँग गरेको तीन बुँदे सहमतिलगायतका विषयमा बैठकले नयाँ निर्णय गर्नेछ ।

बैठकमा महासचिव विप्लवले पेश गरेका राजनीतिक प्रतिवेदन केन्द्रीय सदस्यहरुलाई अध्ययन गर्न दिइएको थियो । अध्ययनपछि सुरु भएको बैठकमा राजनीतिक प्रतिबेदनमा छलफल जारी छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal