आज :

नेकपाको केन्द्रीय समिति बैठक आजबाट बन्दीपुरमा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदैछ । थप गरिएको केन्द्री समिति र जेलबाट निस्केका सबै केन्द्रीय समिति सदस्यहरु बैठकको लागि तनहुँको बन्दीपुर पुगेका छन् ।

केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्न विहीबार सचिवालय बैठक बसेको थियो । महासचिव विप्लवलसहित पाँच सदस्य सदस्यीय सचिवालय बैठकले पार्टीका आगामी कार्यक्रम, महाधिवेशन, सरकारसँग गरेको तीन बुँदे सहमतिलगायतका विषय बैठकका एजेण्डा तय गरेको बताइएको छ ।

बैठकमा पेश गर्न महासचिवले तयार गरेको राजनीतिक प्रतिवेदन अध्ययनको लागि केन्द्रीय सदस्यलाई वितरण गरिएको छ ।

यो समाचार तयार पार्दासम्म बैठक औपचारिक रुपमा सुरु भएको छैन् । बैठक सुरु गर्नुअघि सचिवालयका सदस्यहरुबीच छलफल जारी छ । सचिवालयमा महासचिवसहित प्रवक्ता प्रकाण्ड, धर्मेन्द्र बास्तोला, सुदर्शन र सन्तोष बुढा छन् ।

नेकपाको ११ औं पूर्ण बैठक अहिलेको राजनीतिक परिस्थिति र अबको रणनीति तयार गर्दै समापन हुनेछ ।

सरकारले २०७५ फागुन २८ प्रतिवन्ध लगाएपछि सबै केन्द्रीय सदस्य सहभागी भएको पहिलो बैठक हो । प्रतिबन्धका बीचमा भएका बैठकमा केही नेताहरु जेलमा थिए । सरकारसँग तीन बुँदे सहमतिपछि बसेको बैठकमा पनि केही नेताहरु जेलमै थिए भने थप गरिएका नेताहरु पहिलो पटक बैठकमा सहभागी भएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal