आज :

ओली र मुख्यमन्त्री शाक्यबीच घोचपेचः ओली भन्छन्- अब माधवको एमालेमा आवश्यक छैनन्

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष तथा बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले एक आपसमा घोचपेच गरेका छन् । त्यो पनि एमाले विभाजन गरी अलग पार्टी बनाएका माधव कुमार नेपाललको विषयमा ।

विहीबार काठमाडौं जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा मुख्यमन्त्री शाक्यले माधवकुमार नेपाललाई एमालेकै फर्किन आग्रह गरेकी थिइन् । उनले एमालेमा माधव नेपालको आवश्यकता भएको बताइन् । त्यो भन्दा पछि बोल्ने क्रममा ओलीले कडा जवाफ फर्काएका छन् ।

कार्यक्रममा बोल्दै शाक्यले नेता नेपाल आफूहरुको नेता भएको बताउँदै एमाले बनाउन जीवन दिएको बताइन् । उनले मनमनमा समीक्षा गर्न आग्रह गर्दै फर्किएर आउन भनेकी थिइन् ।

ओलीले आफ्नो बोल्ने पालोमा मुख्यमन्त्री शाक्यको कुरा मात्रै काटेनन् नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल एमालेमा आवश्यक नभएको बताए । ओलीले शाक्यलाई जवाफ दिँदै फेरि एमाले फुटाउन नेपाल चाहिएको हो ? भन्ने प्रश्न समेत गरे । “हुन त केही साथीहरु अहिले पनि भन्नुहुन्छ, माधव कमरेड आउनुस् तपाईंको आवश्यकता छ । फेरि फुटाउन उहाँको आवश्यकता छ यहाँ ? फेरि फुटाउने ? के गर्न आवश्यकता छ माधव कमरेडको म बुझ्दिनँ” ओलीले भने ।

माधव नेपालले पार्टीमा गुटबन्दी मात्र गरेको र साढे ३ वर्षमा सरकारको पक्षमा एक शब्द नबोलेको उनले बताए । प्रतिक्रियावादीभन्दा चर्को बोलेको भन्दे ओलीले भने, “जहिले पनि रोष्टममा उभिएपछि गीत गाउने, डुंगा डुब्न लाग्यो, लौन कोही बचाइ देऊ । कम्युनिस्टको दुई तिहाईको सरकार छ, सातमध्ये ६ वटा प्रदेशमा सरकार छ । अनि डुंगा चाहिँ डुब्न लाग्यो र, कसको डुंगा डुब्न लाग्यो ?”

ओलीले सरकारलाई पनि चेतावन दिँदै प्रतिवादमा उत्रिन बाध्य नपारियोस् समेत भने । ओलीले शान्तिपूर्ण आन्दोलनमा दमन गरेर जनतालाई नजिस्काउन समेत भनेका छन् ।

ओलीले आफू सरकारमा बस्दा शान्तिपूर्ण जुलुसमा लाठी समेत नहानेको तर वर्तमान सरकारले शान्तिपूर्ण रुपमा बोल्न समेत नदिएको ओलीले आरोप लगाए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal