आज :

काँग्रेस नेता जीवन शाही कर्णाली प्रदेशको मुख्यमन्त्री बन्दै !

सुर्खेत । नेपाली काँग्रेसका प्रभावशाली युवा नेता तथा कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही कर्णाली प्रदेशको नयाँ मुख्यमन्त्री बन्ने र वर्तमान महेन्द्रबहादुर शाही बाहिरिने प्रक्रिया सुरु भएको छ । स्रोतका अनुसार मुख्यमन्त्री शाहीले विश्वासको मत लिने बेला नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच शाहीलाई मुख्यमन्त्री बनाउने सहमति भएको थियो ।

सातवटै प्रदेशमध्ये सबैभन्दा पहिले कर्णाली प्रदेशका मुख्यमन्त्री शाही नेतृत्वको सरकार ढाल्ने र ढल्ने काउनट–डाउन सुरु भएको थियो । सो सरकारमा विवादको मुख्य कारण मुख्यमन्त्री शाही नै भएको आरोप लाग्दै आएको छ । तत्कालिन (नेकपा) देखि एमालेसम्म आउँदा यमलाल कडेँलको नेतृत्वमा शाहीलाई मुख्यमन्त्रीबाट हटाउने प्रयास नभएका होइनन् । एमालेको विभाजन कर्णालीबाट सुरुभयो तर माओवादी केन्द्र नेतृत्वको सरकार रहिरह्यो । यो मुख्यमन्त्री शाहीका कारण नभएर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र तत्कालिन कर्णाली प्रदेशका इन्चार्ज र हालका अर्थमन्त्री जनार्दन शर्माले नै सरकार टिकाईदिएको हो ।

विश्वासको मत लिने बेला झण्डै ढलेको थियो मुख्यमन्त्री शाही नेतृत्वको सरकार । तर, काँग्रेसले काँध थापेर विश्वासको मत दिलाएको थियो । अहिले केन्द्र सरकार नै काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा माओवादी केन्द्रलगायतका दलको संयुक्त सरकार छ ।

केन्द्रमा एमाले नेतृत्वमा सरकार हुँदै काँग्रेसले कर्णालीमा माओवादी केन्द्रलाई साथ दिएको थियो । केन्द्रदेखि कर्णाली प्रदेशसम्म देउवा र प्रचण्डबीच भएको सहमतिलाई कार्यान्वयन गर्ने र कर्णालीका विवादित मुख्यमन्त्री शाहीलाई हटाउने प्रचण्डलाई उपयुक्त समय भएको आलोचकहरु बताउँछन् ।

कर्कलाको पानीजस्तै कमजोर अवस्थामा रहेको सरकार जोगाउने क्रममा मुख्यमन्त्री शाहीले काँग्रेसबाट मुख्यमन्त्रीका दाबेदार जीवन शाहीलाई आधा कार्याकाल सुम्पिने सहमति गरेका थिए । सोही अनुसार दशैंअघि नै मुख्यमन्त्री शाहीलाई हटाउने प्रक्रिया सुरु हुने काँग्रेस स्रोत बताउँछ । मुख्यमन्त्री शाहीले आफूले काँग्रेससँग गरेको सहमति विपरित बोल्दै पनि आएका छन् । तर, पार्टीको स्प्रिडअनुसार कार्य सम्पादन नगरेकै कारण माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि मुख्यमन्त्री शाहीलाई हटाउन चाहेको माओवादी केन्द्रका एक नेताले बताए ।

मुख्यमन्त्री शाहीले भदौ महिनाभित्र आफूले सरकार नेपाली काँग्रेसलाई सुम्पिने सहमति गरेका थिए । तर, भदौ सकिने लाग्दा पनि शाही आफूले गरेको सहमतिमा इमान्दार देखिएका छैनन् । यदि शाही आफैले काँग्रेससँग गरेको सहमति कार्यान्वयनको वातावरण नबनाए केन्द्रबाट हस्तक्षेप हुने काँग्रेका स्रोतले बतायो ।

स्रोतका अनुसार मुख्यमन्त्री शाहीले गरेको सहमित कार्यान्वयन गर्ने समय भदौ समान्तमा सकिँदैछ । त्यति बेलासम्म काँग्रेसले पर्खिने बताएको छ । भदौ सकिँदासम्म पनि मुख्यमन्त्री शाहीले सहमति कार्यान्वयन नगरे केन्द्रबाट हस्तक्षेप गराउने काँग्रेस स्रोत बताउँछ । कर्णालीका भावी मुख्यमन्त्री शाही प्रधानमन्त्री देउवाका विश्वास पात्र भएकाले पनि काँग्रेस सहमति कार्यान्वयनको अडान लिने बताइन्छ । लामो समयदेखि कर्णालीबाट शाहीले देउवालाई काँध थाप्दै आएका छन् । काँग्रेसका कर्णालीका एक नेताका अनुसार प्रधानमन्त्री देउवाले मुख्यमन्त्रीको लागि शाहीलाई ग्रिन सिग्नल दिइसकेका छन् ।

कुल ४० सदस्यीय कर्णाली प्रदेश सभामा अहिले ३५ सांसद छन् । एमालेका चार सांसद पदमुक्त भएका छन् । त्यस्तै, नेकपा विघटन हुँदा एमालेतिर गएका एक सांसदलाई माओवादीले पनि कारबाही गरेको छ । नयाँ बनेको नेकपा (एकीकृत समाजवादी) मा तीन सांसद गएपछि अब एमालेमा १३ सांसद मात्रै छन् । त्यस्तै, माओवादीका १२, कांग्रेसका ६ र राप्रपाका एक सांसद छन् । सरकार गठनका लागि १८ सांसदको समर्थन आवश्यक पर्छ ।

महेन्द्र शाहीको ठाउँमा जीवन शाही आउने करिब पक्का भएपनि उनको निम्ति निकै छोटको कार्यकाल रहने छ । त्यसमा पनि पुरानो सरकारले गरेको भ्रष्टाचार, अनियमितता, नाताबात, कृपाबात कमाउनिष्टहरुको झूण्डले असरल्ल पारेको सरकारी सम्यन्त्रमा काँग्रेसका मुख्यमन्त्रीले कसरी काम गर्छन ? उनि सफल हुन्छन् कि महेन्द्रजस्तै विवादै विवादमा फस्छन् कि कर्णालीको रोग भोक, गरिवीलाई अन्तय गर्न नयाँशूत्र दिएर नयाँ आधार खडा गर्छन हेर्न बाँकी छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal