आज :

अघिअघि एमसीसी सम्झौता, पछिपछि एम-१६ हतियार आउँछः विप्लव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले अमेरिकाले एमसीसी सम्झौता सहयोगी भावनाले नभएर देशको स्वाधिनतामाथि हस्ताक्षेप गर्ने उद्देश्यले लागु गर्न चाहेको बताए ।

“एमसीसी सहयोगको सवाल मात्रै होइन, अगाडि एमसीसी सम्झौता, पछाडि एम– १६ हतियार आउँछ । नेपाली जनताले ५० अर्ब तिर्दा पनि अमेरिकाले नेपाल नछोड्ने र ऋणबाट मुक्त नहुने अवस्था आउँछ । हामीलाई सहयोग चाहिन्छ तर दया, माया, भिक र भिराष्ट्रिय स्वाधिनतामाथि धावा बोलेको सह्यै हुँदैन” विप्लवले जनसभालाई सम्बोधनको क्रममा भने । उनले नेपालीहरु अरुकै चाकडी गर्न नजन्मेको भन्दै राष्ट्रिय स्वाधिनतामाथि धावा बोलिँदा लड्न तयार रहेको बताए ।

महासचिव विप्लवले एमसीसी अनुमोदन भए आन्दोलनको आँधीबेहरी सिर्जना हुने बताउँदै त्यसको नेतृत्व आफ्नो पार्टीले गर्ने बताए । नेपाली जनताको अधिकार हनन गर्न खोज्ने हो भने यहाँका मुठीभर दलालहरूविरुद्ध ठूलो आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने बताए । जनताको व्यवस्था स्थापना गर्न र दलाल सत्ताका विरुद्ध आफूले जस्तोसुकै मूल्य चुकाउन पनि तयार रहेको बताए ।

विप्लवले एमसीसी नेपालको सार्वभौमिकता र देशको हितविरुद्धमा भएको भन्दै विप्लवले भने,“एमसीसी नेपालको सार्वभौमिकता र हितका विरुद्ध छ । एमसीसी जनताका विरुद्ध छ । नेपालको कानुनभन्दा माथि रहने सम्झौताले देशलाई अफगानिस्तान र सिरिया बनाउनेछ । जनता सार्वभौम हुने व्यवस्था स्थापना गर्नका लागि जनतालाई व्यवस्थाको फैसला गर्न दिनुपर्छ ।”

अर्को प्रसंगमा बोल्दै विप्लवले देशको सत्ता दोहन गर्नेहरूले क्रान्तिकारी आन्दोलन अगाडि बढाइरहेको आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाएर जनताको आन्दोलनमा अङ्कुश लगाएको विप्लवले बताए । राष्ट्रिय स्वाधीनताको आन्दोलन अगाडि बढाउँदा आफ्नो पार्टीले चरम दमन, झूट्टा मुद्दा र यातनाको सामना गरेको पनि उनले बताए । उनले अघिल्लो सरकार र आफ्नो पार्टीबीच भएको तीन बुँदे सहमति कार्यान्वयन नगरेकोमा बताए ।

कार्यक्रममा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सीपी गजुरेलले अमेरिकाले नेपालका प्राकृतिक साधन र बहुमूल्य खानी कब्जा गर्न र चीनलाई घेरा हाल्न अमेरिकाले एमसीसी सम्झौता जसरी पनि लागु गर्न चाहेको बताए । उनले आफूहरुलाई चिन्ता नभएर नेपालको भएको बताए ।

“हामीलाई चिन्ता चीनको होइन, अमेरिकाले नेपाललाई आधार बनाएर चीनमाथि मिलाइल हान्यो भने चीनले पनि यतै हान्यो भने नेपाल विदेशीको रणमैदान बन्छ” गजुरेलले भने ।

नेपालका राष्ट्रवादी वामपन्थीहरु एक भएर क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउनु पर्ने बेला आएको बताए ।

नेकपा (माले)का महासचिव सीपी मैनाली नेपाल पटक पटक भएका आन्दोलनले विदेशी प्रभाव र हस्तक्षेप बढाएको बताए । उनले २००७ देखि २०६२÷०६३ सालसम्म भएका आन्दोलनले बाह्य हस्तक्षेप भित्र्याएको परिणाम राष्ट्रिय स्वाधिनतामाथिको खतरा बढ्दै गएको बताए ।

अमेरिकाले तत्कालिन सोभियत संघलाई विघटन गराएजस्तै गरी चीनको बढ्दो प्रभावलाई रोक्न नेपालमा एमसीसी लागु गर्न चाहेको बताए । एमसीसी हिन्द प्रशान्त रणनीतिको अंग एमसीसी बनाउन वा नबनाउने विषय अमेरिकी सरकारको विषय भएको भन्दै मैनालीले फतिमा सुमारले झुट बोलेको बताए । नेपाल भ्रमणको क्रममा सुमारले एमसीसी हिन्द प्रशान्त रणनीतिको अंग नभएको बताएर नेपालको आँखामा छारो हाल्न खोजेको मैनालीले बताए ।

एमसीसी माछा मार्न बल्छीमा हालिने चारो जस्तै भएकोले यसलाई खारेज गर्नुपर्ने र जबरजस्त लागु गरे सबै राष्ट्रवादी शक्ति मिलेर आन्दोलनमा उत्रिनुपर्ने महासचिव मैनालीले धारणा राखे । उनले फतिमा एमसीसीको म्याद थपेर स्वादेश फिर्ता भएको समेत दाबी गरे ।

वैज्ञानिक साजवादी पार्टीका संयोजक विश्वभक्त दुलाल ‘आहुती’ दलाल पुँजीवादी व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवाद स्थापना नभएसम्म लडिरहुनु पर्ने बताए । उनले नेपाली जनतालाई अमेरिकी साम्राज्यवाद भनेको के हो भन्ने एमसीसीले बुझाउन अबसर दिएको बताउँदै गाउँगाउँ र टोलटोलमा एमसीसीको भण्डाफोर गर्नुपर्ने बताए । संसदबाट अनुमोदन गरे पनि एमसीसी लागु गर्न नदिन पनि संघर्ष आवश्यक पर्ने भन्दै आहुतीले त्यसको लागि सबै राष्ट्रवादी शक्ति एक हुनुपर्ने बताए ।

नेकपा माओवादी केन्द्र समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकी ‘सुशील’ ले एमसीसी अनुमोदन भएकै दिन नेपालको संसद र सरकार नरहेन दाबी गरे । उनले एमसीसीबाट पैसा खाएको बरु फिर्ता गर्न तयार तर लागु गर्न नदिने बताए ।

नेपालको लागि नेपालीका संयोजक डा. सुरेन्द्र भण्डारीले देश संकटको घडीमा उभिएको बताउ । उनले नेपाल प्यारो कि अमेरिका छान्ने बेला आएको बताउँदै एमसीसीको पक्षमा उभिनेहरु र हाम्रो कित्ता काट हुने बताए ।

आइटी आर्मीका अध्यक्ष त्रिभुवन साहले एमसीसी सम्झौता देशको हितमा नभएकोले खारेजी गर्नुपर्ने धारणा राखे ।

जनसभामा संचालन नेकपा स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र स्वागत मन्तव्य प्रवक्ता प्रकाण्डले गरेका थिए ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal