
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध आयोजना गरिएको जनसभाको सुरु भएकाे छ ।
काठमाडौँका विभिन्न ठाउँबाट निकालिएका जुलुस खुला पुगेका छन् । तीन ठाउँबाट आएका जुलुस सुन्धारामा पुगेर संयुक्त रुपमा जनसभा हुने स्थल खुला मंच पुगिसकेको छ ।
सुन्धाराबाट संयुक्त भएको जुलुसको नेतृत्व महासचिव विप्लवले गरेका छन् ।
जुलुसको स्वागतको लागि मंचबाट नारा लगाउन सुरु गरिएको छ ।