आज :

नेकपाको जनसभाः काठमाडौँका तीन ठाउँबाट जुलुस, सुन्धाराबाट जुलुसकाे नेतृत्व विप्लवले गर्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले एमसीसीविरुद्ध आयोजना गरिएको जनासभा सुरु हुँदैछ । काठमाडौँको खुला मंचमा केहीबेर सुरु हुन लागेको छ ।

जनसभाको लागि काठमाडौँका ३ ठाउँबाट विशाल जुलुस सुरु भएको छ । काठमाडौँका त्रिपुरेश्वर, लैनचौर र बबरमहलबाट निस्केको जुलुस खुला मंचातिर अगाडि बढेको छ । तीनवटा जुलुसलाई नेकपाका तीनजना सचिवालय सदस्य सुदर्शन, कञ्चन र विषमले नेतृत्व दिएका छन् ।

केहीबेरमै तीनवटै जुलुस सुन्धारामा केन्द्रित भएर पार्टी महासचिव विप्लवको नेतृत्वमा खुलामञ्चतर्फ सभाका लागि अघि बढ्ने बताइएको छ ।
काठमाडौँस् नेपाल कम्युनिष्ट पार्टीले राष्ट्रघाती अमेरिकी परियोजना एमसीसीविरुद्ध सोमबार भदौ २८ गते काठमाडौँको खुल्ला मञ्चमा बृहत जनसभा गर्दैछ । एमसीसी विरुद्ध विरोध प्रदर्शनसहित बृहत जनसभालाई नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले सम्बोधन गर्ने बताइएको छ ।

तीन ठाउँबाटै आएको जुलुस सुन्धारामा पुगेपछि मुख्य जुलुस हुने र त्यसको नेतृत्व महासचिव विप्लवले गर्ने नेकपा केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज माइला लामाले जानकारी दिए ।

एसीसीविरुद्ध देशभर साताव्यापी आन्दोलनका कार्यक्रम गर्दै आएको नेकपाले २८ गतेको जनसभालाई विशेष महत्वका साथ राष्ट्रिय स्वाधिनताको आन्दोलनको कार्यक्रम बनाउने नेता माइला लामाले जनाएका छन् ।

यो कुनै पार्टी विशेषको कार्यक्रम मात्र नभएर एमसीसीको विरुद्धमा लाग्ने सबै देशभक्त, राष्ट्रप्रेमि र राष्ट्रिय स्वाधिनताको पक्षमा लाग्ने स्वाभिमानी नेपाली नागरिकहरुको कार्यक्रम भएकाले सम्पूर्ण देशभक्ति शक्तिहरु र नागरिकहरुलाई उपस्थित हुन नेकपाले अपिल गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal