
काठमाडौँ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध नेपाल कम्युनिष्ट पार्टीले भोलि गर्न लागेको जनसभाको सम्पूर्ण तयारी पूरा भएको छ । एमसीसी खारेजीको माग गर्दै भोलि (२८) गते काठमाडौँको खुल्ला मञ्चमा बृहत जनसभा गर्दैछ ।
जनसभाको सम्पूर्ण तयारी पूरा भएको नेकपा केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज माइला लामाले जानकारी दिए । काठमाडौँ उपत्यकासहित आशपासका जिल्लाबाट जनसभामा सहभागी हुने नेकपाले जनाएको छ ।
सोमबार विहान ११ः३० बजेबाट काठमाडौँका विभिन्न स्थानबाट जुलुस निस्कने नेकपाले जनाएको छ । काठमाडौँको त्रिपुरेश्वर, बबरमहल र लैनचौरबाटबाट जुलुस सुरु हुनेछन् भने मुख्य जुलुस सुन्धाराबाट सुरु हुनेछ ।
मुख्य जुलुसको नेतृत्व नेकपा महासचिव विप्लवले गर्ने भएका छन् । खुला मंचमा १२ः३० बजेबाट सुरु हुने कार्यक्रमलाई विप्लवसहितका नेताहरुले सम्बोधन गर्ने भएका छन् ।
राष्ट्रियताको सवाल भएकोले सम्पूर्ण नागरिकलाई जनसभामा सहभागी भएर एमसीसी खारेजीको लागि ऐक्यवद्धता जाहेर गर्न नेकपाले अपील समेत गरेको छ ।
- फाइल फाेटाे