
काठमाडौं । विप्लव नेतृत्वको नेकपा अन्तराष्ट्रिय विभागले पेरु कम्युनिष्ट पार्टीका अध्यक्ष गोन्जालो तथा नेपाल र विश्वभरका क्रान्तिकारी राजबन्दीहरुको रिहाईको माग तथा एम्सीसीको विरोधको निम्ति सम्पूर्ण जनसुदायलाई सडकमा उत्रन आह्वान गरेको छ । शनिबार राजधानीको संवाद डबलीमा एक कार्यक्रमको आयोजना गर्दै पार्टी सचिबालय सदस्य धर्मेन्द बास्तोलाले न्यायका निम्ति लड्नेहरुलाई जनताले साथ दिने बिस्वाससमेत गरेका छन् ।
सो पार्टीका अन्तराष्ट्रिय विभाग प्रमुखसमेत रहेका बास्तोलाले गोन्जालो लगायत अन्तराष्ट्रिय कम्युनिष्ट तथा क्रान्तिकारी नेता– कार्यकर्ताहरुमाथि अमेरीका निर्मम बनिरहेको भन्दै रोष व्यक्त गरेका छन् । उनले परिवर्तनका निम्ति विश्व कम्युनिष्टहरु एक भएर लड्न पनि आग्रह गर्दै भने, ‘अमेरिकी सम्रज्यवाद गोन्जालो लगायत क्रान्तिकारीहरु विरुद्ध लागेको छ, त्यस किसिमको हस्तक्षे अस्वीकार्य छ ।’ उनले गोन्जालोलाई तत्काल रिहाई गर्न माग गरेका छन् । आयोजकले भोलि अर्थात २०७८ भदौ २७ गते आईतबार काठमाडौंको शान्तिवाटीका रत्नपार्क देखि नेपाल विद्युत प्राधीकरण, भद्रकाली, सहिद गेट, सुन्धारा, वीर अस्पताल हुँदै पुन शान्तिबाटीका रत्नपार्कमा आएर कोण सभा गर्ने जनाएको छ ।