आज :

एमसीसीविरुद्ध आज पनि काठमाडौँसहित देशभर विरोध प्रदर्शन

काठमाडौँ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध आज पनि काठमाडौँसहित देशभर विरोध प्रदर्शन भइरहेका छन् । एमसीसीकी उपाध्यक्ष फतिमा सुमारको नेपाल भ्रमणको पनि विरोध भइरहेको छ ।

विहीबार नेपाल आइपुगेकी सुमार आज पनि राजनीतिक भेटघाटमा व्यस्त छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई, ऊर्जामन्त्री पम्फा भुसाललाई भेट गरिसकेकी छन् । आज फतिमा अर्थमन्त्री जनार्दन शर्मालाई भेट्दैछन् ।

फतिमाको नेपाल भ्रमण र एमसीसी देश हितमा नभएको भन्दै विभिन्न राजनीतिक पार्टी र नागरिक अगुवाहरुले आज पनि विरोधका कार्यक्रम जारी राखेका छन् ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एक साताव्यापी संघर्षका कार्यक्रम घोषणा गरेको छ । भोलि काठमाडौँमा महासचिव विप्लवले जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

संघर्षका कार्यक्रममा भदौ २३ गते बुधबार देशव्यापी कोणसभा, २५ गते देशव्यापी विरोध प्रदर्शन, २६ गते राष्ट्रघाती एमसीसी सम्झौता जलाउने, २७ गते सिट्ठी जुलुस गर्ने र एमसीसीका विरुद्ध बेलुन उडाउने र भदौ २८ गते विरोध प्रदर्शनसहित काठमाडौँमा जनसभा आयोजना गरिनेछ ।

सरकारले यसै साता संसद्बाट एमसीसी पारित गर्ने षड्यन्त्र गर्दै राष्ट्रियतामाथि घात र वाक्स्वतन्त्रतामाथि प्रतिबन्ध लगाउने धम्की दिएपछि देशभक्त र क्रान्तिकारी शक्ति आन्दोलित बनेका छन् ।

यसै सन्दर्भमा नेकपाको अन्तर्राष्ट्रिय विभागले राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध आज अपराह्न काठमाडौँमा अन्तरक्रिया आयोजना गरेको छ । विभिन्न पार्टीका नेता र विश्लेषकहरूले राष्ट्रघाती एमसीसीविरुद्ध मन्तव्य दिने कार्यक्रम सार्वजनिक गरिएको छ ।

एमसीसीविरुद्ध नेकपा, पार्टीको अन्तर्राष्ट्रिय विभाग र केन्द्रीय जनपरिषद्ले विज्ञप्तिमार्फत आन्दोलन र कार्यक्रमहरू सार्वजनिक गरिसकेका छन् । नेकपाले लामो समयदेखि एमसीसीविरुद्ध देशव्यापी सङ्घर्ष गर्दै र जनचेतना जगाउँदै आएको छ । नेकपाका जनवर्गीय सङ्गठन र मोर्चाहरू लामो समयदेखि एमसीसीविरुद्ध सडकमा आन्दोलित छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal