आज :

एमसीसी उपाध्यक्ष फतिमा र अर्थमन्त्री प्रभाकरबीच भेट हुँदै, जवाफी पत्रबाट सुन्तष्ट छैनन् अर्थमन्त्री

काठमाडौँ । अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फातिमा सुमारले आज दिउँसो अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ सँग भेट गर्दैैछन् । एमसीसीका अन्य पदाधिकारीसहित सुमार मन्त्री प्रभाकरबीच अर्थमन्त्रालयमा भेट हुने भएको छ ।

एमसीसीलाई संसदबाट अनुमोदन गराउन पहल गर्न भनेर नेपालका चार दिने भ्रमणको लागि आएकी सुमारले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र उर्जामन्त्री पम्फा भुसालसँग छुट्टाछुट्टै भेट गरिसकेकी छन् ।

सुमारले नेपाल पुगेकै दिन बिहीवार नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल तथा जसपा अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग पनि छलफल गरेको थियो ।

सबै नेताहरुसँगको छलफलमा सुमारले एमसीसी कुनै सैन्य रणनीति नभएकाले यसबारेको विवादलाई थप नलम्ब्याउन आग्रह गरेकी छन् । भेटमा नेताहरुले सहमति जुटाएर एमसीसी लागु गर्ने आश्वासन दिएका छन् ।

एमसीसीको विषयमा सत्ता गठबन्धनकै दलहरुबीच पनि सहमति जुटेको छैन । नेपाली काँग्रेस जसरी पनि संसदबाट अनुमोदन गराएर एमसीसी लागु गर्न चाहन्छ । तर, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपाको उपेन्द्र यादव भने एमसीसी हुबहु पारित नगर्ने पक्षमा छन् ।

सरकारमा हुँदा जसरी पनि एमसीसी अनुमोदन गराउन पहल गरिरहेका एमाले अध्यक्ष ओलीले सत्ताबाट हट्ने वित्तिकै रणनीति बदलेका छन् । ओलीले संसदीय दलको बैठकबाट एमसीसी सम्झौता आफूहरुले नगरेकोले यसबारे धेरै बोल्न आवश्यक नभएको बताएका थिए । उनले सत्ता गठबन्धन एमसीसी अनुमोदन गराउन लागे विरोधमा उत्रिने संकेत गरेका छन् । त्यस्तै, सत्ता गठबन्धन एमसीसीको विपक्षमा उभिए ओली पक्षमा उभिने रणनीतमा छन् ।

२०७६ असार ३० गते अनुमोदनका लागि प्रतिनिधिसभामा दर्ता भएको एमसीसी सम्झौता अहिले पनि विचाराधीन छ । यसअघिका सभामुख कृष्णबहादुर महराले एमसीसी अगाडि बढाएका थिएनन् । त्यही कारण तत्कालिन प्रधानमन्त्री ओली र महराको सम्बन्ध नै चिसिएको थियो । अहिले पनि सभामुख अग्नि सापकोटा माओवादी केन्द्र तयार भएमात्रै निर्णयर्थ पेश गर्ने संकेत गरेका छन् ।

यसैबीच अर्थमन्त्री प्रभाकर एमसीसीले पठाएको जवाफी पत्रबाट सन्तुष्ट नभएको बताइएको छ । उनले अर्थमन्त्रालयका अधिकारीहरुसँग गोलमोटोल जवाफ आएको भन्दै सन्तुष्टी जनाएका हुन् । प्रभाकरकै पहलमा एमसीसीलाइ ११ प्रश्न सोधिएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal