आज :

एमालेको नाराबाजीबीच सरकारले ल्यायो ६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट

काठमाडौँ । नेकपा (एमाले)को नाराबाजीबीच सरकारले ६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दशन शर्माले शुक्रबार संसद बैठकमा चालु खर्च ६ अर्ब ७७ अर्ब १९ करोड र पुँजीगत खर्च ३ खर्ब ७८ अर्ब १० करोडको संशोधित बजेट पेस गरेका थिए ।

अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७८/७९ को अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापित गर्ने विधेयकमार्फत नयाँ बजेट अंक सार्वजनिक गरेका छन् । नेकपा एमालेको नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई प्रतिस्थापित गदै १६ खर्ब ३२ अर्ब ८३ करोड विनियोजन गरेको सरकारले चालूतर्फ ६ खर्ब ७७ अर्ब १९ करोड (४१.४२ प्रतिशत) छुट्याएको छ ।

पूँजीगततर्फ ३ खर्ब ७ अर्ब १० करोड (२३.१६ प्रतिशत), वित्तीय व्यवस्थातर्फ १ खर्ब ८९ अर्ब ४४ करोड (११.६० प्रतिशत) तथा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८७ अर्ब ३० करोड (२३.७२ प्रतिशत) विनियोजन गरिएको छ ।

त्यसैगरी वित्तीय हस्तान्तरणतर्फ विनियोजितमध्ये चालु खर्चमा समानीकरण अनुदानसहित ३ खर्ब २५ अर्ब ७५ करोड (८४.११ प्रतिशत) र पूँजीगततर्फ ६१ करोड ५५ अर्ब (१५.८९ प्रतिशत) छुट्याइएको छ । खर्च ब्यहार्ने स्रोतमध्ये राजस्वबाट १० खर्ब ५० अर्ब ८२ करोड, वैदेशिक अनुदानबाट ५९ अर्ब ९२ करोड ब्यहोरिने अर्थमन्त्री शर्माले बताएका छन् ।

चालु, पूँजीगत र वित्तीय हस्तान्तरणतर्फ विनियोजित खर्चमा राजस्व र वैदेशिक अनुदानबाट ब्यहोर्दा ५ खर्ब २२ अर्ब ९ करोड न्यून हुने सरकारले जनाएको छ । यो परिपूर्ति गर्न सरकारले २ खर्ब ८३ अर्ब ९ करोड वैदेशिक ऋण र २ खर्ब ३९ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ ।

अघिल्लो सरकारका अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेटमा अर्थमन्त्री शर्माले १५ अर्ब घटाएका छन् । पौडेलले ठूलो आकारको बजेट ल्याएको भन्दै त्यसबेला टिप्पणी भएको थियो ।

प्रतिस्थापन विधेयक ल्याउने क्रममा शुक्रबार अर्थमन्त्री शर्माले बजेटको स्रोत नपुग्ने भन्दै १४ अर्ब ७४ करोड ६७ लाख घटाएका हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal