
काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी काठमाडौँ महानगर समिति अन्तर्गत वडा नं २, १६ र २६ को संयुक्त वडा भेला सम्पन्न भएको छ । नेकपाले ‘जनसेवा तथा संगठन विस्तार अभियान’ को क्रममा संयुक्त भेला सम्पन्न भएको महानगर समितिले जनाएको छ ।
नेकपाका काठमाडौँ महानगर सल्लाहकार समिति सदस्य राम मल्लको अध्यक्षता सम्पन्न भेलाले सामनाको नेतृत्वमा वडा नं २ को १३ सदस्यीय, पीएलको नेतृत्वमा वडा नं १६ को ११ सदस्यीय र विश्वप्रकाशको नेतृत्वमा वडा नं २६ को ९ सदस्यीय नयाँ वडा समिति चयन गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि तथा महानगर इन्चार्ज अविरल र विशिष्ट अतिथि काठमाडौँ जिल्ला सेक्रेटरी सुरेन्द्र महर्जनले खाँदा र अविर लगाएर स्वागत तथा बधाई दिएका थिए ।
इन्चार्ज अविरलले पार्टीले अगाडि सारेको एकीकृतत जनक्रान्तिको कार्यदिशा र त्यसको माध्यमबाट समाजवादमा पुग्ने पछिल्लो कार्यनिती प्रगतिशिलहरुको संयुक्त सरकार, संयुक्त सरकारको नेतृत्वमा जनमत संग्रहबारे विभिन्न कोणबाट व्याख्या, विश्लेषण सहित प्रशिक्षणात्मक मन्तव्य राखेका थिए ।
नेपाल र नेपाली जनताका यावतखाले समस्याको हल गर्न सक्ने एकमात्र पार्टी नेपाल कम्युनिष्ट पार्टी रहेकोले आम जनता र सम्पुर्ण पार्टी पंक्तिले एकीकृत भएर क्रान्तिको पक्षमा उभिनु पर्ने बताए ।
साथै, वर्तमान सरकारले एमसीसी राष्ट्रघाती परियोजना संसदबाट पारित गर्न खोजेकोले त्यस परियोजना खारेजीको लागि पार्टी केन्द्रले चरणवद्ध रुपमा अगाडि सारेका संघर्षका कार्यक्रममा उत्साहजनक ढंगले सहभागी बन्न पनि निर्देशन दिएका थिए ।
नेपाल कम्युनिष्ट पार्टी काठमाण्डौ जिल्ला सदस्य विश्वप्रकासको सञ्चालन गरेका थिए । तीनवटै वडाको उपस्थितिमा सुरु भएको कार्यक्रममा अभियान टिम नं १ का सदस्य पीएलले स्वागत मन्तव्य राखेका थिए भने मगर मुक्ति मोर्चाका काठमाडौँ जिल्ला अध्यक्ष ओजनले शुभकामना मन्तव्य राखेका थिए ।
नेवा मुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष तथा एकीकृत जनक्रान्तिका घाइते योद्धा तथा भेलाका विशेष अतिथि सुरेन्द्र महर्जन, महानगर समिति सेक्रेटरी रोमिक, अखिल नेपाल शिक्षक संगठन काठमाण्डौ जिल्ला कोषाध्यक्ष गोविन्दलगायतले मन्तव्य राखेका थिए ।