आज :

आज तीजः राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना, आज महिलालाई सार्वजनिक बिदा

काठमाडौं । आज तीज । हिन्दू धर्ममा विश्वास गर्ने महिलाहरुले महादेवको पूरा आराधना गरेर तीज पर्व हर्षल्लासका साथ मनाइँदैछ । महिलाहरुले हिजो साँझबाट व्रत बसी शिव–पार्वतीको पूजा गर्ने गर्छन । व्रत बस्दा पतिको दिर्घायु र परिवारको कल्याण हुने धार्मिक विश्वास गरिन्छ ।

आज निरहार व्रत बस्ने भएकोले महिलाहरुले हिजो साँझ दर खाने गरिन्छ । कोरोना भाइरस संक्रमणका कारण यो वर्ष पहिलेजस्तो भिडभाड भएर वा महिलाहरु एक ठाउँमा जम्मा भएर नाचगान गरेका छैनन् । पहिले एकअघिबाटै महिलाहरुले नाचगानसहितका कार्यक्रम गर्दै आइकी थिइन् ।

आजैको दिन पर्वतीले सत्ययुगमा निराहार व्रत बसेर महादेव स्वामी पाएकी थिइन् भन्ने विश्वास गरिन्छ । त्यहीअनुसार महिलाहरु आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद्हरू नै बताउँछन् ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवालगायत राजनीतिक पार्टीका नेताहरुले पनि तीजको शुभकामना दिएका छन् । आफ्नो शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले तीजले समाज र राष्ट्रलाई समेत भावनात्मक एकताको सुत्रमा आबद्ध गर्न मद्दत पुर्‍याउने विश्वास व्यक्त गरेकी छन् । उनले तीज पर्वले चेली(माइती, साथी–सङ्गी, परिवार एवं आफन्तजनबीचको सम्बन्धलाई प्रगाढ बनाउने बताइन् ।

तीज पर्वको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भमा देखिने भड्किलो र खर्चिलोपनलाई हटाउँदै जानु आवश्यक रहेकको भण्डारीले शुभकामना सन्देशमा उल्लेख गरेकी छन् ।

त्यसैगरी राष्ट्रपतिले तीजले समाजमा विद्यमान महिलाविरुद्ध हुने सबै प्रकारका विभेद र असमानताको अन्त्य गर्दै सभ्य, समतामूलक एवं प्रगतिशील समाजको निर्माण गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भनी कामना गरेकी छन् । उनले कोरोना संक्रमणबाट जोगिन जनस्वास्थ्यका मापदण्डको पालना गर्न पनि सबैमा आह्वान गरेकी छन् ।

त्यसैगरी उपराषट्रपति नन्दबहादुर पुनले पनि हरितालिका तीजको अवसरमा देश(विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । पुनले परम्परागत मूल्य मान्यतासहित आफ्नो स्वाथ्यको पूर्ण ख्याल गरी तीज मान्न दिदीबहिनीलाई आग्रह गरेका छन् । विश्वव्यापी महामारी कोरोना भाइरसको असर कायमै रहेकाले सरकारबाट जारी स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी तीज मनाउन पनि उनले आग्रह गरे ।
सरकारले आज महिलाहरुलाई सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal