आज :

२२ दलीय मोर्चाको प्रदर्शन: एमसीसी लागु भए नेपालको सार्वभौम सत्ता विखण्डन हुन्छ – सुदर्शन

काठाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले)सहित २२ दलीय मोर्चाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) खारेजीको माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन गरेको छ । बुधबार दिउँसो माइतीघरबाट विरोध र्याली सुरु भएर वानेश्वरमा सभामा परिणत भएको थियो ।

मोर्चाका शिर्ष  नेताहरुले सम्बोधन गरेका थिए । नेकपाका सचिवलय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले नेपालमा नयाँ खालको नवउपनिवेश कायम गर्न साम्राज्यवादी मुलुकहरुले अनेक दाउपेच गरिरहेको बताए । एमसीसी लागु भएमा नेपालकाे सार्वभौम सत्ता विखण्डन हुने बताउँदै खारेज गर्नुपर्ने बताए ।

नेता सुदर्शनले अमेरिकाले नेपालको युरोनियम र पानी नियन्त्रणमा लिन एमसीसी लागु गर्न चाहेको बताए । उनले एमसीसी नेपालको विकास नभएर विदेशी स्वार्थमा आएको बताए ।

एमसीसी सम्झौता देश र जनताको विरुद्ध भएको बताउँदै सुदर्शनले नेपाललाई रणमैदान बनाउन एमसीसी परियोजना अमेरिकाले जबरजस्त संसदबाट पास गराउन चाहेको समेत बताए ।

कोणसभालाई सम्बोधन गर्दै क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य सीपी गजुरेल, नेकपा (माले)का महासचिव सीपी मैनालीलगायतका वक्ताहरुले एमसीसी राष्ट्रघाती भएको भन्दै खारेजीको माग गरेका थिए । उनीहरूले अमेरिकाले चीनविरुद्ध नेपालीभूमी दुरुपयोग गर्न र नेपाललाई आफ्नो सैन्य रणनीतिमा समाबेस गर्न एमसीसी लागु गर्न चाहेको बताउँदै खारेज गर्न माग गरे । जबरजस्त एमसीसी संसदबाट पास गरे आन्दोलनको आँधिबेहरी आउने र त्यसले एमसीसीसँगै पास गराउनेहरुलाई उडाउने बताए ।

 

त्यसैगरी सभाका बक्ताहरुले एमसीसी लागु भए नेपाल अमेरिकी क्रिडास्थल हुने भन्दै खारेजीको माग गरेका थिए ।
माइतीघरबाट वानेश्वर पुग्दा एमसीसीविरुद्धमा चर्का नाराबाजी गरिएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal