आज :

आजबाट संसद अधिवेशन सुरुः एमसीसी पेस गर्ने सरकारको तयारी

काठमाडौं । आजबाट संसद अधिवेशन सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को नवौं अधिवेशन आह्वान गरेकी हुन् ।

सरकारले संसद अधिवेशनको पहिलो दिनमै यसअघि रोकिएका अध्यादेश स्वीकार गराउने र दल विभाजन गर्न सहज हुने राजनीतिक दलसम्बन्धी अध्यादेशलाई टेबल गर्ने तयारी गरेको छ । संसद् सचिवालयको कार्यसूची अनुसार बजेटसहित १५ वटा अध्यादेशलाई अगाडि बढाउने रहेको छ ।

अध्यादेशलाई संसद्ले स्वीकार गरे सरकारले प्रतिस्थापन विधेयक संसदकम पेस गर्ने बाटो खुल्छ । संसद्ले अस्वीकार गरे अध्यादेश स्वतः खारेज भएको मानिन्छ ।

संसद्को आठौं अधिवेशन सुरु भएको पहिलो दिन साउन ३ मा यी अध्यादेश सदनमा दर्ता पेस गरिएका थिए । तर सरकारले अघि बढाउन चाहेन । भदौ ३० सम्म निर्णय नगरिए यी अध्यादेश स्वतः खारेज हुने भएपछि अघि बढाउन सरकारले अधिवेशन बोलाएको हो ।

राजनीतिक दलसम्बन्धीबाहेकका अध्यादेश केपी शर्मा ओली नेतृत्वको सरकारले जारी गरेको थियो । बजेटसहितको अध्यादेश बहुमतले स्वीकार हुने सरकारले दाबी गरेको छ । संसद्ले स्वीकार गरेपछि सरकारले दर्ता गर्ने प्रतिस्थापन विधेयक भदौ ३० भित्र राष्ट्रपतिले प्रमाणीकरण गरिसक्नुपर्ने हुन्छ ।

सरकारले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई पनि यहि अधिवेशनमा पेश गर्ने तयारी गरेको छ । भोलि अमेरिकाबाट एमसीसीका उच्च पदाधिकारी नेपाल आउँदैछन् ।

नेपालको हितमा नभएको एमसीसी संसदबाट पास गर्ने सरकारले तयारी गरेपछि सडकमा विरोध प्रदर्शन सुरु भएको छ । एमसीसी पदाधिकारीहरु पनि संसदबाट पास गराउन पहल गर्न नेपाल आउन लागेका हुन् ।

यसैबीच संसद अधिवेशन सुरु हुन पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसीबारे नबोल्न आफ्ना सांसदहरुलाई निर्देशन दिएका छन् । मंगलबार बसेको संसदीय दलको बैठकमा देउवाले एमसीसीको विरोधमा नबोल्न आफ्ना सांसदहरुलाई निर्देशन दिएका हुन् ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित केही राजनीतिक दलहरुले संघर्षका कार्यक्रम घोषणा गरिसकेका छन् । युवा, विद्यार्थीहरुले केही दिनदेखि दैनिक विरोध प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal