आज :

‘एमसीसी सम्झौता खारेज गर्नुपर्छ’

काठमाडौँ । सरोकारवालाहरुले सैन्य रणनीतिअनुसार अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अगाडि बढाएको भन्दै त्यसको खारेजीको विकल्प नभएको बताएका छन् । उनीहरुले अमेरिका नेपालको प्राकृतिक साधन–स्रोत कब्जा गर्न र नेपालीभूमी प्रयोग गरेर चीन घेर्ने रणनीतिमा रहेको बताएका थिए ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले मंगलबार राजधानीस्थित संवाद डबलीमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेकपा (क्रान्तिकारी माओावदी)का स्थायी समिति सदस्य सीपी गजुरेलले इन्डो प्यासिफिक रणनीतिअनुसार एमसीसी सम्झौता लागु गर्न चाहेको बताए । उनले अमेरिकाले नेपालका बहुमूल्य प्राकृतिक साधन, स्रोतमाथि कब्जा जमाउन र चीनविरुद्ध नेपाली भूमि दुरुपयोग गर्न एमसीसी संसदबाट पास गराएर लागु गर्न चाहेको बताए । नेता गजुरेलले एमसीसी नेपाल र नेपालीको हितमा नभएको भन्दै खारेजीको गर्नुपर्ने बताउँदै त्यसमा राष्ट्रिवादी नेपाली एक हुनुपर्ने बताए ।

नेकपा (माले)का महासचिव सीपी मैनालीले अमेरिकाले आफ्नो प्रतिस्ठा र प्रभावमा धक्का लागेकै कारण एमसीसी सम्झौता अगाडि सारेको बताए । उनले अमेरिकाले एमसीसीमार्फत सैन्य साझेदार बनाउन खोजेको भन्दै नेपाल स्वतन्त्र देश भएकोले यसबाट अलग रहनुपर्ने बताए ।
महासचिव मैनालीले अमेरिकाले नेपालीभूमिमा सैन्य अखडा बनाएर चीनविरुद्ध गतिविधि गर्न एमसीसी जबरजस्त संसदबाट पारित गराउन चाहेको बताए । उनले सरकारले एमसीसी संसदवाट पारित गराउन लागेको भन्दै खारेज गर्नुपर्ने बताए ।

नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य लिलामणि पोखरेलले नेपालको कानुनभन्दा एमसीसी माथि राखिएको र एमसीसी लागु भए नेपालीहरुले अमेरिकी कानुन मान्नुपर्ने अवस्था आउने भएकाले खारेज हुनुपर्ने बताए । उनले अनुदानमा शर्त नहुने भएपनि एमसीसीमा अमेरिकाले नेपालको हित विरोधी शर्त राखिएको भन्दै खारेज गर्नुपर्ने बताए ।

संसदमा पारित गराए कानुन बन्ने र त्यो नेपालको कानुनभन्दा माथि हुने भन्दै पोखरेलले एमसीसीलाई खारेज गर्नुपर्ने बताए । उनले तत्कालिन (नेकपा) ले एमसीसीको अध्ययन प्रतिवेदनमा संशोधन गर्न सुझाव दिएको भएपनि अमेरिका तयार नभएको समेत बताए ।

नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला अमेरिकाले नेपालीभूमि प्रयोग गरेर चीनविरुद्ध घेराउ गर्न एमसीसी जसरी पनि लागु गर्न चाहेको बताए । उनले एमसीसी लागु भए अमेरिका र चीनबीच बढ्ने द्वन्द्वको मार नेपाल र नेपालीलाई हुने बताए ।

नेपालका प्राकृतिक साधन र स्रोतमाथि कब्जा गर्ने र आफ्नो सैन्य रणनीतिमा नेपालमा सहभागी गराउने अमेरिकी योजना रहेको बताए । उनले सम्झौता राष्ट्रघाती भएको बताउँदै त्यसविरुद्ध आफ्नो पार्टीले संघर्षका कार्यक्रम घोषणा गरेको बताए । एमसीसी खारेजीको लागि संघर्षमा आउन सबैलाई बास्तालाले अपील समेत गरे ।

नेपाली सेनाका पूर्व जर्नेल प्रेमसिंह बस्न्यातले एमसीसी सम्झौता नेपाल र नेपालीको हितमा नभएको भन्दै खारेज गर्नुपर्ने बताए । उनले एमसीसी संसदबाट पारित गरेर देशलाई अमेरिकी सैन्य अखडा बनाउन खोजेको भन्दै युवाहरु त्यसविरुद्ध उठ्नुपर्ने बताए ।

दार्चुलाका युवा जय सिंह धामीलाई तुइनबाट खसालेर महाकालीमा बगाउदा बोल्न नसक्ने जर्नेल र एमसीसीजस्तो राष्ट्रघाती परियोजना पास हुँदा ताली बजाउने विद्यावारिधीवाला डाक्टरप्रति घृणा लाग्ने गरेको बताए । परिर्तनको लागि जनयुद्ध लड्दा टाउकाको मूल्य तोकिएका नेताहरु अहिले विदेशीको दलाल भएकै कारण जनताले दुःख पाएको बस्न्यातले बताए ।

राजनीतिक विश्लेषक प्रा. डा. सुरेन्द्र केसीले राष्ट्रियतामा प्रतिवद्ध र प्रतिरक्षात्मक शक्ति भनेको कम्युनिस्ट भएको तर अहिले नेपालका केही कम्युनिस्ट पार्टीहरु एमसीसी पारित गराउन लागि परेको बताए । उनले कम्युनिस्टहरुकै बिग्रिएकैले देश र जनताले दुःख पाएको बताए ।
नेपाल एउटा पञ्चशील सिद्धान्त मान्ने स्वतन्त्र देश भएकोले अमेरिकी सैन्य रणनीतिअनुसार अगाडि ल्याइएको एमसीसी सम्झौता लागु गर्न नहुने केसीले बताए । उनले अमेरिकाले सैन्य अखडा बनाएर चीनविरुद्ध नेपाल र नेपाली जनतालाई दुरुपयोग गर्न लागेको समेत बताए । एमसीसीले कायापलट हुने जसरी प्रचार गरिएको भन्दै नेपालमा आवश्यकता ५० करोड डलर नेपाली जनता आफैले लगानी गर्न सक्ने बताए ।

राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष हिमलाल पुरीले एमसीसी सम्झौता नेपाल र नेपालीको हितमा नभएकोले खारेज गर्नुको विकल्प नभएको बताए । उनले एमसीसीलाई संसदबाट पास गर्ने षड्यन्त्र भइरहेको भन्दै त्यसविरुद्ध सडकमा आउन अपील समेत गरे ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता एकराज भण्डारीले एमसीसी सम्झौता नेपालको कानुनभन्दा माथि राखिनु नै गलत भएको बताए । उनले अनुदानबाट लागु हुने परियोजना संसदबाट पास गर्न आवश्यक नहुने बताए । अमेरिकी कानुन नेपालमा लागु गर्न खोजिएको भन्दै भण्डारीले एमसीसी सम्झौता देशको हितमा नभएकोले खारेज गर्नुपर्ने धारणा राखे ।

त्यसैगरी कार्यक्रममा वैज्ञानिक समाजवादी पार्टीकी केन्द्रीय सदस्य धनकुमारी सुनार, एमसीसी खारेज संघर्ष समितिका केन्द्रीय सदस्य भरत गौतमलगायतले एमसीसी देशको हितमा नभएको भन्दै खारेज गर्नुपर्ने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal