आज :

भारी वर्षाका कारण काठमाडौँ उपत्यकाका अधिकांश क्षेत्र डुबानमा, करिब २ सय जनाको उद्धार

काठमाडौँ । भारी वर्षाका कारण राजधानी काठमाडौ उपत्यकाका अधिकांश क्षेत्र डुबानमा परेका छन् । गएरातिदेखि लगातार रुपमा बर्षा भइरहेको छ । अबिरल बर्षासँगै काठमाडौँका धेरैजसो ठाउँ डुबानमा परेका छन् ।

कागमती, विष्णुमति, मनोहरालगायतका नदी तथा खोला किनारका बस्तमा बाढी पसेको छ । बल्खुलगायतका क्षेत्रमा पनि बाढीले क्षति पुर्याएको छ । बल्खुमा पार्किङमा राखेका सवारी साधान समेत बाढीले बगाएको प्रहरीले बताएको छ ।

डुबान क्षेत्रमा रातिबाट नै सुरक्षाकर्मी परिचालन गरी उद्धार कार्य सुरु गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मनोहरा खोला किनारमा रहेको मूलपानीको बस्ती, काँडाघारी र बल्खु क्षेत्र डुबानमा परेको छ ।

अविरल वर्षाका कारण काठमाडौँको खोला छेउका सुकुम्वासी बस्ती र होचो ठाउँ डुबानमा परेको थियो । डुबानबाट मानवीय र भौतिक क्षति भएको छैन । त्यस्तै, टंकेश्वर, डल्लु, टेकु, तहाचल, वनस्पति चोक, नयाँ बसपार्क, परोपकार केन्द्र, माछापोखरी, गुह्येश्वरी, जोरपाटी र कालोपुललगायतका क्षेत्र डुबानमा परेका छन् ।

बाढीले ३८२ घरधुरी डुबानमा परेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले डुबान क्षेत्रबाट करिब दुई जनाको सकुशल उद्धार गरेको छ । धेरै क्षतिमा डुबानमा परेपनि अहिलेसम्म मानवीय क्षति भने भएको छैन । घर भत्किँदा रोल्पामा दुई र जाजकोटमा एक जनाको ज्यान गएको छ ।

रोल्पा नगरपालिका वडा नम्बर १० थवाङमा गएराति पहिरोले घर पुरिँदा ७० वर्षीया गौरी थापा र उनका पाँच वर्षका नातिको ज्यान गएको छ । पहिरोमा पुरिँदा थापाका छोरा र बुहारी घाइते भएका छन् । घटनास्थलमा प्रहरीको टोली पुगेको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal